पूर्व न्यायाधीश उपाध्याय दोषी ठहर

पूर्व न्यायाधीश उपाध्याय दोषी ठहर


समयपथ
0
Shares

काठमाडौँ । पूर्व न्यायाधीश ओमकार उपाध्याय नक्कली प्रमाणपत्र मुद्दामा दोषी पाइएका छन् । तनहुँ जिल्ला अदालतमा न्यायाधीश रहँदा उपाध्यायविरुद्ध न्याय परिषदमा शैक्षिक प्रमाणपत्रको विषयमा उजुरी परेको थियो ।

विशेष अदालतले उनलाई दोषी करार गर्दै तीन हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको प्रवक्ता दीपेन्द्रनाथ योगीले जानकारी दिए । विशेष अदालतका सदस्यहरू यमुना भट्टराई, बलभद्र बास्तोला र डा. खुसीप्रसाद थारुको इजलासले आज उपाध्यायको नक्कली प्रमाणपत्रसम्बन्धी मुद्दामा फैसला दिएको हो ।