अजस्र मान्छे बहुधा विशेषता
हजार आस्था अभिमान उग्रता।
महान मान्छे किन खाेर बुन्छ ऊ?
चिरान छाती अभिशप्त हुन्छ ऊ ।१।
चकाेर चाला प्रतिशाेध छन् यहीँ
बिहाल पारा जड जाल छन् यहीँ।
चुकेर छेड्ने छ कि धर्म दासता ?
झलक्क देख्ता खुसिला गमक्कका ।२।
छ आप्त लाग्दाे तर दुख्छ भित्र ऊ
अशुध्द पेटै तरबार झिक्छ ऊ ।
नहाेस् कुनै मानिस त्याे हिमानकाे !
बनाेस् गुनी गाैरव सान मानकाे !।३।
नबिर्सिने हाेस् दिलदार यादकाे
टलक्क टल्केसरिकाे जुहार त्याे ।
नउग्लियाेस् पालिसदार हाेइन
नहाेस् कुनै मानव त्याे प्रहारकाे !।४।
सदैव सादा बन सुर सादर
फराक हाेस् वक्ष विशाल याे घर ।
सलक्क हाेस् रे मन स्वर्ण सुग्घर !
उचालियाेस् मानवता मनाेहर !।५।
———-000———
मादी-६,सङ्खुवासभा
हाल: लाेकन्थली,भक्तपुर।
प्रतिक्रिया