१,
मन सम्झिदै
आफै नै उभिएको
एक्लै एक्लै हासेको ।
२,
किनारा छेक्दै
उभिएको विश्वास
शङ्का नै टुसाएछ ।
३,
मन त चोखो
रहर भित्र घुस्दा
खडेरी निस्किहाल्छ ।
४,
मीठो वचन
झ्याङ्गिएको लहरा
उखाल्न खोज्ने हावा ।
५,
तातो समय
मुसलधारे पानी
भिजाउँदा निथ्रुक्क ।
६,
शहर छिर्दा
छरिएको फोहर
नाक थुन्दै दौडेको ।
प्रतिक्रिया