काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले देश दुष्चक्रमा फस्न लागेको बताएका छन्।
भट्टराईले ट्वीट गर्दै भनेका छन्, ”आमचुनावको तीन महिना नपुग्दै सरकार निर्माण देखिएको नाटकीय मोड, रवि लामिछाने प्रकरण र सुदूरपश्चिम सरकार ढलेर नयाँ मुख्यमन्त्री बनेको प्रसङ्ग उठाउँदै देश दुष्चक्रमा फस्न लागेको तर्क गरेका हुन्।”
उनले राष्ट्रपति निर्वाचनले थप कम्पन ल्याउन सक्ने बताएका छन्। ‘अर्थतन्त्रमा गम्भीर सङ्कट, गरम भूराजनीतिबीच अब पनि द्वन्द्व गरिरहने कि सहमतिको बाटो रोज्ने ?’, उनले प्रश्न गरेका छन्।
प्रतिक्रिया