नीर शाहले दिए चलचित्र विकास बोर्डको सल्लाहकारबाट राजीनामा

नीर शाहले दिए चलचित्र विकास बोर्डको सल्लाहकारबाट राजीनामा


समयपथ
0
Shares

काठमाडौं । अभिनेता नीर शाहले चलचित्र विकास बोर्डको सल्लाहकार समितिको संयोजक पदबाट राजीनामा दिएका छन् । शाहले बुधबार राजीनामा दिएसँगै रवीन्द्र खड्का, दीपाश्री निरौला, सुशान्तकुमार श्रेष्ठ र आकाश अधिकारीले पनि राजीनामा दिइसकेका छन् ।

बोर्डमा सल्लाहकार समितिको कुनै भूमिका नभएको र आफू अभिनयमा ब्यस्त भएका कारण समितिबाट बाहिरिएको शाहले बताएका छन् ।

केही दिन पहिले पनि बोर्डका सल्लाहकार रबिन्द्र खड्काले पनि राजीनामा दिएका थिए । बोर्डले सल्लाहकार समितिको सल्लाह नमानेको र विवादित काम गर्दै गएको भन्दै खड्काले राजीनामा दिएका थिए ।

चलचित्र विकास बोर्डले विवादित निजी कम्पनीलाई दुबईमा फिल्म फेस्टिभल गर्नका लागि व्यवस्थापकीय जिम्मेवारी दिएपछि भुवन के सी विवादमा तानिएका छन् । भुवनले सल्लाहकार समितिको सल्लाह बिना विवादित काम गर्दै गएको कारण सल्लाहकार समितिबाट एक एक गर्दै धमाधम राजीनामा दिन थालिरहेका छन् ।