काे हुन चैनपुर कब्जा गर्न सफल सहायक कमाण्डर हर्कबहादुर लिम्बू ?

काे हुन चैनपुर कब्जा गर्न सफल सहायक कमाण्डर हर्कबहादुर लिम्बू ?


समयपथ
0
Shares

सङ्खुवासभाको साविक समय गाउँपञ्चायत छ। सिद्धकाली गा.वि.स ८ हालको चैनपुर नगरपालिका वार्ड नं. २ चित्लाङ गाउँ निवासी हर्कबहादुर लिम्बूको जन्म वि.सं. १९६५ मा बाबु गोपालसिंहको विवाह भएको थियो। हर्कबहादुरका एकमात्र छोरा प्रेमसिंह लिम्बू र तीन छोरीहरू देवेन्द्रकुमारी (जेठी) मनकुमारी (माइली) र धनकुमारी (कान्छी) गरी तीन बहिनी छोरी र एक भाइ छोरा थिए। हर्कबहादुर सामान्य घर परिवारका साक्षर व्यक्ति इस्ट इन्डिया कम्पनी सरकारको सेनामा भर्ती भै स्वेच्छाले राजीनामा दिई वि.सं. २००३ सालमा आफ्नो गाउँ घर फिरेका व्यक्ति हुनुहुन्थ्यो । पेन्सन नहुँदै बिचैमा जागिर छोडेर गाउँ फर्के पनि पछि ब्रिटिश गोर्खाले वहाँको भूतपूर्व पेन्सनका रूपमा रहेकाहरूको खोजी गर्ने क्रममा उहाँको पनि खोजी गरी पेन्सन पाउने टुङ्गो लगाई भारतको पूर्णीयामा पुगी उहाँले पेन्सन बापतको रकम प्राप्त गर्न थाल्नु भएछ।

आफ्नै गाउँमा घर व्यवहार चलाई बसिरहेका हर्कबहादुर लिम्बूलाई २००७ सालको राणा विरोधी प्रजातान्त्रिक लहरले नछोईकन छोडेन । राणा शासनको अन्त्य गर्ने कार्यमा भोजपुरको प्रजातन्त्र हेडक्वार्टरका प्रजातन्त्र सेनानी नारदमुनि थुलुङले नेपाली काङ्ग्रेसको तर्फबाट सशस्त्र क्रान्तिका लागि मुक्तिसेनाको गठन गर्ने र चैनपुर बजारलाई पनि कब्जा गर्ने हिसाबले बाघाका सुवेदार रत्नबहादुर लिङथेपलाई सेनाका प्रमुख कमान्डर कप्तान दर्जामा समेत पदोन्नति गरी नियुक्ति दिएको देखिन्छ। यस क्रममा बनाई खोटाङका हप्पु गुरुङ र चित्लाङका हर्कबहादुर लिम्बूलाई पनि रत्नबहादुरको सहायक कमान्डर भै काम गर्न नियुक्ति दिएको देखिन्छ ।

त्यो बेला चैनपुरको मेजरपाटीमा राणापक्षका सेना प्रमुख पुण्यविक्रम राणालाई हातहतियार, गोलीगठ्ठा सहित धनकुटा गौढाका बडाहाकिम खेम शमशेरले खटाएका थिए। करीब २० देखि २५ जनाको सङ्ख्याका सेना मेजरपाटीमा रहेका थिए। उता भोजपुर र दिल्लालाई मुक्ति सेनाले कब्जा गरिसकेको थियो । अब चैनपुरलाई कब्जा गर्ने कुरो अगाडि बढाई रत्नबहादुर लिङथेपको कमान्डिङमा बाघामा सशस्त्र मुक्तिसेनालाई वारिपारि गाउँ ठाउँबाट झिकाई तालिम दिइदै थियो । तालिम प्राप्त योद्धा जुटिसके कै थिएनन् । चैनपुर आउँदै गरेका दिला तर्फबाट आउने केही सीमित सङ्ख्याका अन्ठेउला र अपरिपक्क युवाहरू होहल्ला गर्दै मेजरपाटी अगाडि आम धाकधम्की दिन थालेछन् । तिनले केही मादक पदार्थ सपेट सेवन गरेका रहेछन् । यस्तो सामान्य चालाले राणापक्षीय पुण्यविक्रम कहाँ त्यसउसे समसाउनेवाला थियो र ? उसले उक्त उत्तेजक सङ्ख्या उपर गोली चलाउने आदेश दियो । नभन्दै आउने मध्येको एकजना त्यही गोलीको निसाना बनी इल्यो । उसलाई त्यहाँबाट हतारहतारमा बोकेर अन्यत्रै लगियो। यसरी मारिने उ को थियो कहाँको थियो भन्ने कुरा अहिलेसम्म कोही कसैले बताउन नसकेको कुरा गरिन्छ। त्यसपछि उक्त टोली त्यसैउसै तितरवितर भयो। यसरी सीमित व्यक्तिद्वारा चैनपुर कब्जा गर्न सक्छौं भनी कल्पिएको सपना पूरा हुन सकेन । पहिलोपल्ट नै चैनपुर कब्जा गर्ने भन्ने कार्य असफल भो ।

चैनपुरलाई मुक्तिसेनाले आक्रमण गर्‍यो भन्ने कुरा यत्रतत्र सनसनी भै फैलियो । चैनपुरलाई फेरि मुक्तिसेनाले कब्जा गर्न नसकोस् भन्ने हेतुले धनकुटा गौंडाको हुकुम तामेली भो । त्यसको लगत्तै तेह्रथुमदेखि राणा समर्थक सैनिक फौज चैनपुरतर्फ पठाइयो जसको नेतृत्व अभिदल भुजेलद्वारा भएको थियो ।

उक्त टोली मादीविर्ताका मुखिया श्री प्रसाद दाहालको घरदलानमा आई त्यही खानपान गरी एउटा सेतो घोडासमेत सवारसाथ लिई मादीको इम्लुङ किलिसलपी-पिलुवाखोला रातमाटे तीनखोप्रे हुँदै सिद्धकालीतर्फ उक्ली चैनपुर बजारको सिरानमा पर्ने ठहर गर्दै अघि बढ्यो। यता चैनपुर कब्जा गर्न तैनाथ पारिएको कमाण्डर रत्न बहादुर लिङ्क्षेप र सहायक कमाण्डरहरू हप्पु गुरुङ र हर्कबहादुर लिम्बू लगायत ठूलो सङ्ख्याको प्रजातान्त्रिक मुक्तिसेनाको सशस्त्र फौज चैनपुर बजार सिरान भ्यागुते ढुङ्गोनेर लामेचौर मा पुगी बाटो छेकी युद्धका निम्ति तत्तयार भै बस्यो । जहाँ करिब एकसय पचास सङ्ख्याका भूतपूर्व तालिमप्राप्त सैनिक जवानहरू हातहतियारका सामग्री गोलीगठ्ठा आदि लिई बसे । त्यहाँ बाघामा नै मुक्ति सैन्य सङ्गठन तयार गरी लडाकुका रूपमा तयार पारिएको बटालियन फौज उपस्थित थियो । अभिदलको अगुवाइमा आउँदै गरेको उक्त फौजलाई आफू अघि सरी सम्झाइ बुझाइ गर्न सक्ता ब्रिटिस गोर्खा राइफल्समा साथी भै सँगसँगै काम गरेको निज अभिदलसित आफूले कुरा गर्दा सहजै उसले आत्मसमर्पण गर्ला । भन्ने हिसाबले कप्तान रत्नबहादुरले सहायक कमान्डरहरू समक्ष आफ्नो विचार राख्ता शत्रुपक्ष कहिल्यै पनि युद्धमा आफ्नो हुन सक्तैन भन्ने जवाफ हप्पु गुरुङ र हर्कबहादुर लिम्बू दुवैजनाबाट प्राप्त भएछ । अभिदल कुनै एक समयको साथी हुन सक्ला तर विपक्षीलाई सिध्याउनु उसको धर्म हुन जान्छ। युद्धको अन्तिम लक्ष्य भनेको शत्रुलाई परास्त गर्नु नै हो। अभिदललाई सम्झाउने हिसाबले जान खोज्दा आफै पनि मारिन सकिन्छ र सिङ्गै हाम्रो फौज ध्वस्त हुन सक्छ जसले गर्दा चैनपुर कब्जा गर्ने नेपाली काङ्ग्रेसको लक्ष पूरा हुन सक्तैन भनी कमान्डर कप्तान रत्नबहादुर लिङ्थेपलाई सही सल्लाह दिएपछि ऊसित लड्नुबाहेक अरु विकल्प रहेनछ भन्ने कुरा उहाँले सहजै बुझेको देखिन्छ। कमान्डर आखिर यही नै महत्वपूर्ण योगदान ठहरियो हर्कबहादुर लिम्बुको। परिणामतः धमाधम दोहोरो गोली बर्सिन थाले । मुक्तिसेनाको तर्फबाट हानिएको गोली लागेर अभिदलको एउटा हातको औंला नै भुइँमा झरेछ । धेरै ठूला सङ्ख्याको मुक्तिसेनालाई देखेर अभिदलतर्फको सानो सङ्ख्याको फौजलो अभिदलको नेतृत्वमा भिड्न आएको टोली हार व्यहोर्दै त्यसपछि तेहथुमा यसभन्दा अघि बढ्ने आँटै गरेन । केही युद्धसामग्री र घोडासमेत त्यहीँ छोड़ी अभिदलकाे नेतृत्वमा भिड्न आएकाे टाेली हार बेहाेर्दै त्यसपछि तेह्रथुमतर्फ नै कुलेलम ठोक्यो ।

उक्त टोली फियो भन्ने निधो भएपछि लामेचौरमा रहेको राणा शासन विरोधी सशस्त्र मुक्ति सेनाको लडाकु जमात मेजरपाटीतर्फ ओर्लियो जहाँ पुण्यविक्रम सहितको टोली बसेको थियो । अब भने फेरि त्यसउपर आक्रमण गर्ने लक्ष्य लियो । बाहिरबाट मेजर पाटीमा पराल थुपारेर आगजनी गर्ने धम्की दिइयो । पुण्यविक्रमलाई आत्मसमर्पण गर् भन्दै उग्ररूपमा नाराबाजी हुन थाले । ठूलो सङ्ख्याको विद्रोही फौजले आफूउपर आक्रमण गरेमा आफ्नो ज्यान सुरक्षित नहोला भन्ने ठानी मध्यरातको समयमा आत्मसमर्पणको भाषा बोल्यो । आफ्नो साथमा भएका थ्री नट श्री राइफल १२ थान, गोली ५११ राउन्ड, २ वटा पिस्तोल र २ वटा ग्रिनेट त्यस क्षेत्रका प्रजातन्त्रवादी, समाजका प्रतिष्ठित र चेतनशील समुदायबाट एउटा सङ्कटकालीन सभाको गठन गरे पछि त्यसैलाई राणापक्षीय प्रमुख सैनिक पुण्यविक्रमद्वारा बुझाउने काम भयो । अपर्झट र अप्रतयाशिल रूपमा तत्कालीन प्रधानपञ्च लक्ष्मीप्रसाद नेउपानेको अध्यक्षतामा उक्त सङ्कटकालीन सभा गठन भएछ । सभाका अन्य सदस्यमा राइटर जयबहादुर अधिकारी, दिलप्रसाद लिम्बू आदि रहेछन् । यस सभाको गठन गर्नुको मूल उद्देश्य समाजमा शान्ति सुव्यवस्था कायम गर्नु र भविष्यमा गठन हुने जन सरकारको निम्ति पूवृ तयारी र सहयोग गर्नु रहेको थियो । यसरी लक्ष्मीप्रसाद न्यौपानेलाई डाकी भरपाई गराई साथमा भएका अन्य कागजपत्र सहितका सरसामाग्री समेत बुझाई रातको समयमा नै पुण्यविक्रम राणा धनकुटा तर्फ लागेको देखिन्छ । उनको साथमा भएका राणा फौजसमेत पुण्यविक्रमकै साथ लागी गए। भोलिपल्ट पौष २ गतेको दिन प्रजातान्त्रिक मुक्तिसेनाले चैनपुरको जेलसमेत कब्जा गर्यो र त्यहाँका कैदीहरूलाई समेत उन्मुक्ति दियो ।

यस प्रकार चैनपुर कब्जा गर्ने क्रममा सैनिक कमान्डर क. रत्नबहादुर लिङ्थेपलाई अत्यन्त सही र प्रभावकारी परामर्श दिएर राणा पक्षीय अभिदलको फन्दामा पर्न सक्ने स्थितिबाट नेपाली काङ्ग्रेसको सशस्त्र युद्धलाई जोगाएर सफल तुल्याउन सक्ने योग्यता र क्षमता भएका सहायक कमान्डर हर्कबहादुर लिम्बूले साँच्चिकै सहयोगी भूमिका खेलेको देखिन्छ ।

त्यसैले उनकाे योगदान सराहनीय र प्रशंसनीय छ । राणापक्षीय फौजीको घेराबन्दीमा परिएको भए चैनपुर कब्जा गर्ने सफलताको सम्भावना कम हुन अधि त्यसैले हर्कबहादुरको यही नै हो अब्बल दर्जाको बिर्सिन नमिल्ने गुन । शत्रुपक्ष कहिल्यै आफ्नो हुन सक्तैन भन्ने कुरा तत्काल विश्वस्त तुल्य सक्नु पनि उनको महत्वपूर्ण युद्धकला नै थियो भन्न सकिन्छ । झट्ट सुन्दा सामान्य झैँ लागे पनि आखिर चैनपुरलाई कब्जा गर्न र अभिदललाई बा लघार्न अत्यन्त सहज स्थिति पैदा भो त्यतिखेर । अन्ततोगत्वा युद्धभूमि अभिदलले चैनपुर छोड्नु पयो भने लगत्तै क. रत्नबहादुर लिन नेतृत्वको सोही फौजी टोली मेजरपाटी पुगी पुण्यविक्रमलाई आत्मसमा गराउन समेत सफल भयो । यस अर्थमा पनि चित्लाङका हर्कबहादुर लिम्बू योगदानलाई राणाशासनको अन्त्य गर्नमा एउटा मुख्य योद्धाको रूपमा लिनैपर्छ ।

२००७ सालको जनक्रान्ति र राजनीतिक परिवर्तन नेपाली काङ्ग्रेस अगुवाइमा भयो । राजा त्रिभुवन भारतीय राजदूतावासमा शरणार्थीको स सपरिवार गए । केही महिनापछि भारत सरकारको पहल कदमीमा दिल्ल त्रिपक्षीय (राणा, राजा र नेपाली काङ्ग्रेस बीच) वार्ता चलिरहँदा लागिनसकेको अवस्थामा देशमा ज्यादै अस्थिर परिस्थिति विद्यमान थियाे । गाउँ गाउँमा लुटपाट, हिंसा, बलात्कार जस्ता अकल्पनीय र अप्रिय घट घटे । खास गरी राणापक्षबाट मुलुकभरि नै भयावह परिस्थिति गराइयो किनकि यस किसिमको अस्थिरता कायम रहिरहे मात्र आफ्नो नि जहानियाँ शासन पछिसम्म रहिरहन सक्नेछ भन्ने तिनमा धमिलो थियो । उनीहरूमा सङ्कीर्ण र दुराशयपूर्ण भावना छँदै थियो । यस क्रममा चित्लाङ र नुनढाकीमा पनि कतिपय आतङ्ककारी जमात देखा नपरेको गाउँ समाजलाई नसताएको होइन । अराजक ढङ्गमा मानिसका घरघरमा जबर्जस्तीरूपमा खसी, बोका, राँगा, घिउ तेल आदि झिक्ने काटमार गर्ने र भोजभतेर लगाएर खाने, हकीकीग हिंडने आदि दखल गतिविधिक सामना समेत गर्नु पच्यो । त्यतिखेर त्यसको विरोध गर्दै शान्ति ल्या कायम गर्नमा पनि निज हर्कबहादुर लिम्बूको अहम योगदान रहेका बताइन्छ । उक्त घृणित कार्यको विरुद्धमा रही हर्कबहादुरको पक्षमा रहेका चित्लाङको त्यो समयका अन्य युवाहरूमा लक्ष्मीप्रसाद गौतम, गरुडध्वज घले, रूपनारायण भट्टराई, पुष्पलाल गौतम, कुलप्रसाद नेउपाने, खगेन्द्रप्रसाद नेउपाने, दुर्गाप्रसाद गौतम आदि थिए । उता नुनढाकीका मोहनलाल हाङगाम पनि उक्त आतंककारी गतिविधि विरोधी व्यक्ति थिए। त्यो बेला नुनढाकीका शेरवहादुर लिम्बूको घर मुक्तिसेनाको आश्रयस्थल थियो। त्यहीं बसी पार्टिगत रूपमा गोप्य मिटिङ बैठक आदि गरी सरसल्लाह हुन्थ्यो । कप्तान चिताहाङ हाइगाम भारतीय ब्रिटिस सेनाबाट पेन्सन भएपछि भारतको दार्जिलिङतिर बस्न थाले । उही नै छोराछोरी पढाए । उनका छोरा मोहनलाल हाङगामले उहीबाट समयमै आइ.एस.सी. गरेका थिए। विद्यार्थी जीवन कालदेखि नै उनको सम्पर्क विपी कोइरालासित हुनाले र उनी पनि विद्यार्थी सङ्गठनमा पहिल्यैदेखि लागेका हुँदा २००७ को जनक्रान्तिताका उनी पनि गाउँघरमै आएका थिए। नेपाली काङ्ग्रेसको राजनीतिक सङ्गठनमा उनी पनि सक्रिय थिए । गाउँको अस्तव्यस्ततामा उनी पनि शान्ति स्थापना कायम गर्न उत्तिकै दिलोज्यानले लागेका थिए भनिन्छ ।

चैनपुर कब्जापछि हर्कबहादुरका साथमा लागि तेह्रथुम बजार कब्जा गर्न जाने सिलसिलामा हर्क बहादुर र मोहनलाल दुबैजनालाई विजय हाँसिल गरेर फर्किन गाउँबाट फूलमाला समेत पहिल्याएर पठाइएको थियो भन्ने कुरा वयोवृद्ध अवस्थाको जीवन बिताइरहेका व्यक्ति लक्ष्मीप्रसाद गौतम सोधनीका क्रममा अहिले पनि बताउँदै हुनुहुन्छ ।

त्यसबेलाको एउटा वीभत्स घटना सुनाउँदै उहाँ भन्नुहुन्छ – त्यतिखेर एक जना सार्क भन्ने व्यक्तिले पुष्पलाल गौतममाथि एउटा धारिलो हतियार खुकुरी प्रयोग गरी उनको एउटा पाखुरो नै छिनाली दियो । घाँटीमा अचानो राखी एकै चोटिमा छिनाउने उद्देश्यले ऊ अचानो खोज्न गएको मौकामा अन्य लुकाएर  साथीभाइले हतार हतार तिनलाई बोकी बाख्राको जुत्तेखोरमा लगी बचाएछन् । उसलाई देख्नेबित्तिकै मार्ने धम्की निज आतङ्ककारीबाट आइरहे। पछि उनलाई एउटा ओडारमा लगेर राखिएछ । तर अविरलरूपमा रक्तप्रवाह आततायी घटनाको रोकथाम गर्नमा हर्कबहादुर लिम्बूको उत्तिकै योगदान भएकोले पुष्पलालको मृत्यु त्यहीं नै हुन गएछ । यसप्रकारको वीभत्सपूर्ण थियो भनिन्छ भने यस किसिमको कार्यमा शान्ति सुव्यवस्था कायम गर्नमा मोहनलाल हाङगामको पनि महत्वपूर्ण भूमिका थियो ।

हर्कबहादुर लिम्बू सहायक कमाण्डरको रूपमा रही चैनपुरलाई कब्जा गर्न सफल भएपछि दोस्रो चरणमा तेहथुम बजार कब्जा गर्न पनि मन, वचन र कर्मले नै लागेको देखिन्छ । मुलुकमा २००७ सालको राजनीतिक क्रान्तिलाई सफल तुल्याउन उहाँले अथक योगदान गरेको ठहर गरेर नै पछि नेपाल सरकारले उहाँलाई राजनीतिक पीडितको कोटिमा राखी मोरङस्थित गोविन्दपुर (हालको रतुवा भई नगरपालिका) मा तीन बिघाहा जग्गा र ५०० कि.बि. काठ पुरस्कारस्वरूप हर्कबहादुरलाई प्रदान गरेको देखिन्छ ।

चैनपुर कब्जा गर्न उहाँले पुऱ्याएको साहसिक कार्यका खातिर उहाँ र हप्पु गुरुङ दुईजनको अर्द्ध कदको सालिक चैनपुरमा राख्ने भन्ने योजना नेपाली काङ्ग्रेसका योद्धाहरू शङ्करप्रसाद श्रेष्ठ र मदनप्रसाद श्रेष्ठहरूले व्यापक चर्चामा ल्याएका थिए भनिन्छ । तर पछि उक्त विषय त्यसै हराएर गयो, सेलाएर गयो भन्ने पनि सुनियो ।

त्यसको खास कारण र रहस्य के थियो खोजी गर्दा कसैबाट पनि त्यसको उत्तर पाउन सकिएन । जे होस्, हर्कबहादुर लिम्बूको यो जीवनी तयार पार्ने क्रममा लेखकलाई माधव प्रसाद कर्माचार्य (चैनपुर) कृष्णप्रसाद गौतम (चित्लाङ), माधवप्रसाद गौतम (चित्लाङ) र निजका नाति मेरा विद्यार्थी दिनेश लिम्बू (चित्लाङ) बाट समेत धेरै जानकारी प्राप्त भै यो लेख लेखिएको छ । सहयोगी उहाँहरू सबैजनामा लेखकको
तर्फबाट हार्दिक धन्यवाद नदिई रहन सकिन्न ।

आखिर उहाँ ६५ वर्षको उमेरसम्म बाँच्नु भयो। उहाँले निरङ्कुश राणा शासनको अन्त्य गर्ने गराउने कार्यमा सक्रिय योद्धाको भूमिकामा रहनु भो। नेपाली काङ्ग्रेसले उहाँको यत्रो राजनीतिक परिवर्तनका लागि गरेको योगदानको कदर जति गरे पनि कमै हुनेछ । २०३० फागुन महिनामा उहाँको देहावसान हुन गयो।

त्यस्ता महान् ऐतिहासिक पुरुषप्रति हार्दिक श्रद्धाञ्जली!

 सखुवासभाका २७ राजनीतिक योद्धाहरूबाट