विना विभागीय मन्त्री कृष्णा केसीद्वारा राजीनामा

विना विभागीय मन्त्री कृष्णा केसीद्वारा राजीनामा


समयपथ
0
Shares

काठमाडौँ । लुम्बिनी प्रदेशकी विना विभागीय मन्त्री कृष्णा केसी (नमुना)ले पदबाट राजीनामा दिएकी छिन् । मन्त्री भएको लामो समयसम्म पनि कुनै जिम्मेवारी नपाएको भन्दै केसीले मुख्यमन्त्री लिला गिरीसमक्ष राजीनामा बुझाएकी हुन् ।

‘लामो समयदेखि जिम्मेवारी नपाउने, पार्टीको भूमिकाप्रति आपत्ति जनाउँदै मन्त्रीज्यूले राजीनामा दिनुभएको हो’, स्रोतले भन्यो । केसी बाँके क्षेत्र नं.१ (क)बाट निर्वाचित सांसद हुन् ।

पुस २७ गते केसीले मन्त्रीको रूपमा शपथग्रहण गरेकी थिइन् । तर, एक महिनासम्म पनि उनलाई कुनै जिम्मेवारी दिइएको थिएन । मुख्यमन्त्री गिरीसहित एमालेबाट चेतनारायण आचार्य र माओवादी केन्द्रबाट कृष्णा केसी मन्त्री भएका थिए । तर, भागबण्डा नमिलेपछि मन्त्रालयको जिम्मेवारी भने तोकिएको थिएन ।