चिकित्सक कुटिएको विरोधमा माइतीघरमा प्रदर्शन

चिकित्सक कुटिएको विरोधमा माइतीघरमा प्रदर्शन


समयपथ
0
Shares

काठमाडौँ । चिकित्सक कुटपिट गर्नेलाई कारबाहीको माग गर्दै माइतीघर मण्डलमा शनिबार प्रदर्शन गरिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका बेला शुक्रबार प्रहरीले ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहलाई लाठी प्रहार गर्ने प्रहरीलाई कारबाहीको माग गर्दै उनीहरूले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीहरूले ‘अति भीभीआइपी चाहिँदैन, जनता कुट्न पाइँदैन’, ‘बर्दी लगाएका गुण्डा मुर्दावाद, स्वास्थ्यकर्मीमाथि हिंसा बन्द गर’, ‘समानताको लागि गणतन्त्र आएको हो, महारानी बन्नका लागि होइन’, जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका छन् ।

प्रहरीको लाठी चार्जबाट राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सक डा. जनिथलाल सिंह घाइते भएका थिए

शुक्रबार अपराह्न राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा सुरक्षामा खटिएका प्रहरीको लाठीचार्जबाट उनी घाइते भएका हुन्।