काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दल र केन्द्रीय समितिको बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालयमा आज दिउँसो ३ बजे बस्ने गरि केन्द्रीय समितिको बैठक बोलाइएको हो ।
बैठकमा आगामी १० वैशाखमा हुने उपनिर्वाचन, पछिल्लो समय विकसित राजनीतिक घटनाक्रम, उच्चस्तरीय राजनीति संयन्त्रमा भएको छलफलबारेमा ब्रिफिङ र राष्ट्रपति निर्वाचन लगायतका विषयमा छलफल हुने बताइएको छ ।
मंसिर ४ मा भएको निर्वाचनमा पार्टी सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर २ निर्वाचित भएका थिए । तर नागरिकता विवादका कारण अदालतले सांसदबाट पदबाट निलम्वित हुने फैसला गरेपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।
निर्वाचन आयोगले चितवन क्षेत्र नम्बर २ मा आगामी बैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय गरिसकेको छ ।
प्रतिक्रिया