लन्डन । मेसीले टर्की र सिरियाका लागि ३५ लाख युरो बराबरको मानवीय सहायता उपलब्ध गराएका हुन्। फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी) का फरवार्ड अर्जेन्टिनी खेलाडी मेसीले सामाजिक सञ्जालमार्फत आफ्ना फलोअर्सलाई टर्की भूकम्पपीडित बालबालिकाका लागि युनिसेफलाई सहयोग गर्न आग्रह गरेका छन्।
‘टर्की र सिरियामा विनाशकारी भूकम्पबाट प्रभावित हजारौँ बालबालिका र उनीहरूका परिवारहरूका लागि यो अत्यन्तै दुस्खद दिनहरू छन्,’ ३५ वर्षीय मेसीले भनेका छन्, ‘मेरो हृदय उनीहरूप्रति जान्छ। बालबालिकाको सुरक्षाको लागि सुरुदेखि युनिसेफले यस क्षेत्रमा काम गरिरहेको छ। तपाईँको सहयोग यसमा धेरै मूल्यवान् हुनेछ।’
पछिल्लो आधिकारिक तथ्याङ्क अनुसार गत सोमबार दक्षिणी टर्कीमा गएका दुई शक्तिशाली भूकम्पबाट ३३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ।
प्रतिक्रिया