अध्यक्ष नेपाल र सुदूरपश्चिमका मुख्यमन्त्री शाहबीच भेटवार्ता

अध्यक्ष नेपाल र सुदूरपश्चिमका मुख्यमन्त्री शाहबीच भेटवार्ता


समयपथ
0
Shares

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले भेटवार्ता गरेका छन् । मुख्यमन्त्री शाहले सोमबार अध्यक्ष नेपालसँग भेटवार्ता गरेका हुन् ।

भेटघाटमा अध्यक्ष नेपाल र मुख्यमन्त्री शाहबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । भेटमा नेपालले मुख्यमन्त्री शाहलाई बधाई तथा सफल कार्यकालको शुभकामना समेत दिएका छन् ।