बालाजुमा प्रदर्शनकारीसँगको झडपमा ९ जना प्रहरी घाइते, २ को अवस्था गम्भीर

बालाजुमा प्रदर्शनकारीसँगको झडपमा ९ जना प्रहरी घाइते, २ को अवस्था गम्भीर


समयपथ
0
Shares

काठमाडौँ । काठमाडौँको बालाजु क्षेत्रमा प्रहरी र यातायात मजदुरबीच भएको झडपमा दर्जनौँ घाइते भएका छन् । कम्तिमा पनि ३० मजदुर घाइते भएको मजदुर सङ्गठनका अध्यक्षहरूले जनाएका छन् भने प्रहरीतर्फ पनि ९ जना घाइते भएका छन् ।

झडपमा ९ जना प्रहरी घाइते भएको र २ जनाको अवस्था गम्भीर रहेको उपत्यकाका प्रहरी कार्यालयका एआईजी दिवेश लोहनीले जानकारी दिए । ट्राफिक जरिबाना बढी भएको भन्दै यातायात मजदुर आन्दोलनमा उत्रिएका थिए । प्रदर्शनकारीले प्रहरीको एउटा गाडी जलाएको लोहनीले जानकारी दिए ।

उनका अनुसार अहिले आन्दोलनकारीले बाटोमा गाडी तेर्स्याएर हिँडेको हुनाले हटाउन समस्या परिरहेको छ । उनका अनुसार यातायात मजदुरका प्रतिनिधिलाई खोजी गर्दा पनि फेला परेका छैनन् ।