राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा केन्द्रीय समिति विस्तार (सूचीसहित)

राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा केन्द्रीय समिति विस्तार (सूचीसहित)


समयपथ
0
Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति विस्तार गरेको छ । पार्टीको आज बसेको केन्द्रीय समिति बैठकले ४० सदस्यीय केन्द्रीय समिति बनाएको छ । हालसम्म रास्वपाको केन्द्रीय समिति २४ सदस्यीय थियो ।

पार्टी सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले बैठकले केन्द्रीय समितिलाई २४ सदस्यीयबाट बढाएर ४० सदस्यीय बनाएको जानकारी दिए । “केन्द्रीय समिति २४ बाट विस्तार गरेर ४० सदस्यीय पुर्‍याइएको छ । अर्थात् १६ जना थपियो । हामी यसलाई निरन्तरता दिन्छौँ,” उनले भने ।