तेस्रो वाना रनिङ शिल्ड खुल्ला पुरुष तथा पालिका स्तरीय खुल्ला महिला भलिबल प्रतियोगिताको तयारी पुरा

तेस्रो वाना रनिङ शिल्ड खुल्ला पुरुष तथा पालिका स्तरीय खुल्ला महिला भलिबल प्रतियोगिताको तयारी पुरा


समयपथ
0
Shares

तेस्रो वाना रनिङ शिल्ड खुल्ला पुरुष तथा पालिका स्तरीय खुल्ला महिला भलिबल प्रतियोगिताको तयारी पुरा भएको छ । आगामी फागुन ३ देखि ७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी पुरा भएको आयोजक वाना युथ क्लवले आइतबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।

संखुवासभाको पाँचखपन नगरपालिका ६ वाना रंगशालामा हुने प्रतियोगिताको सह आयोजना पाँचखपन महिला सशक्तिकरण सञ्जाल समिति रहेको छ । २०७७ सालदेखि सुरु गरिएको उक्त प्रतियोगिता दाताहरुको सहयोग सञ्चालन हुँदै आएको क्लवका अध्यक्ष सुबोध श्रेष्ठले जानकारी दिए।

प्रतियोगितामा पुरुष भलिबल तर्फ प्रथम हुने समूहले ३ लाख ३६ हजार ६ सय ३६, दितीयले १ लाख ७७ हजार ७ सय ७७, तृतीयले ७७ हजार ७ सय ७७ र सान्त्वना स्थान हासिल गर्ने समूहले ३३ हजार ३ सय ३३ रुपैंया साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै महिला तर्फ प्रथम हुने समूहले ५१ हजार १ सय ५१, दितीयले ३१ हजार १ सय ११, तृतीयले २१ हजार १ सय ११ र सान्त्वनाले ११ हजार १ सय ११ रुपैंया शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।