साँगुरियाैँ कठै हामी !

साँगुरियाैँ कठै हामी !


समयपथ
0
Shares

ओल्लाे घर पल्लाे घर छैन चिनाजानी
बाेलचाल छैन कतै कस्ताे जिन्दगानी ! ।१।

अटाएन पहिचान काेही प्रिय छैन
छिमेकी रे चिनिंदैन भेटघाट छैन।।२।

सहरकाे बस्ती राम्राे भन्दै आयाैँ हामी
भिडमभिड जता पनि चाेकैचाेक दामी।३।

सहयाेग गर्ने बानी साथी साथ छैन
पँधेराे न खेती बाली जाऊँ कतै छैन।४।

ओल्लाे काेठा पल्लाे साँध बाेलीबात छैन
साँगुरियाैँ कठै हामी मानवता छैन ।५।

ठिँगुरिए जस्ताे मान्छे ओइलाएझैँ किन?
एकल्काँटे भयाे मान्छे सग्लिएन किन ?।६।

सहर पस्ने रहरले फक्रिएन गाउँ
भरिएन रित्ताे मान्छे खाली जता जाऊँ।७।

मादी,सङ्खुवासभा
हाल : लाेकन्थली,भक्तपुर ।