प्रदेशमा एमाले सरकार ढल्न सुरु, बागमतिमा बाहिरियो, गण्डकीमा अप्ठ्यारो

प्रदेशमा एमाले सरकार ढल्न सुरु, बागमतिमा बाहिरियो, गण्डकीमा अप्ठ्यारो


समयपथ
0
Shares

काठमाडौं । संघदेखि सबै प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का बागमती प्रदेशका मन्त्रीहरुले पनि राजिनामा दिएका छन् । राप्रपाका मन्त्रीहरुले शनिबार राति मुख्यमन्त्री शालिकराम जमकट्टेललाई भेटेर संयुक्त रूपमा राजीनामा बुझाएका हुन् ।

बागमती प्रदेशमा राप्रपाबाट संसदीय दलका नेता उद्धव थापा खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्री, डम्बरबहादुर तामाङ पर्यटन, उद्योग तथा सहकारी मन्त्री र राजु बिष्ट वन तथा वातावरण मन्त्री बनेका थिए । यस्तै, गण्डकी प्रदेशमा भने राप्रपा सरकारबाट बाहिरिँदा सरकार नै अप्ठेरोमा पर्ने भएको छ ।

राप्रपाले समर्थन फिर्ता लिएमा मुख्यमन्त्री खगराज अधिकारी अल्पमतमा पर्नु हुनेछ । ६० सदस्यीय प्रदशेसभामा कांग्रेसको २७, एमालेको २२, माओवादी केन्द्रको आठ, राप्रपाको दुई र नेकपा (एकीकृत समाजवादी) को एक सिट छ ।

गण्डकीमा बहुमतको सरकार गठनका लागि ३१ सदस्यको समर्थन आवश्यक पर्नेमा राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा पर्ने छ । पार्टीले गण्डकी प्रदेश सरकारमा स्वास्थ्यमन्त्री रहेका पञ्चराम गुरुङलाई पनि राजिनामा दिन भनेको छ ।