काठमाडौँ । एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अहिले बनेको गठबन्धनलाई भ्यागुताको धार्नीको संज्ञा दिएका छन् । उनले भ्यागुता कति वेला उफ्रन्छन् भन्ने कुनै ठेगान नहुने बताए। खनालले गठबन्धनहरूबाट देशले पार नपाउने र यिनको आयु समेत नभएको बताएका छन्।
बङ्गलादेशको कार्यक्रमबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूको कुराकानीमा खनालले यस्तो बताएका हुन् । बङ्गलादेशको ढाकास्थित सर्वोच्च अदालत परिसरमा सार्क ह्युमन राइट्स फाउन्डेसनको आयोजनमा ‘मानवअधिकार सम्मेलन(२०२३’ लाई सम्बोधन गरेर उनी आज राति स्वदेश फर्किएका हुन्। उनी बिहीबार बङ्गलादेश गएका थिए।
खनालले बङ्गलादेश र नेपालबीच अति सुमधुर, बहु आयामिक सम्बन्ध रहेको र पारवहन सुविधा दिएको बताए। यसैगरी बङ्गलादेशमा डिसेम्बरमा हुने निर्वाचनमा विभिन्न मुलुकबाट पर्यवेक्षकहरू आउने र नेपालले पनि पर्यवेक्षक पठाउने बङ्गलादेशले अपेक्षा गरेको नेता खनालले जानकारी गराए।
प्रतिक्रिया