परराष्ट्रमन्त्री विमला राई पौड्याल जेनेभा जाँदै

परराष्ट्रमन्त्री विमला राई पौड्याल जेनेभा जाँदै


समयपथ
0
Shares

काठमाडौं । परराष्ट्रमन्त्री विमला राई पौड्याल आइतबार जेनेभा जाँदैछिन् । मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनी संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्को बैठकमा भाग लिन जेनेभा जान लागेको जानकारी दिइयो ।

पत्रकार सम्मेलनमा मन्त्री पौडेलले भ्रमणका क्रममा राष्ट्रिय मानव अधिकार आयोगलाई क श्रेणीमै कायम राख्न पहल गर्ने बताइन् । साथै बैठकमा मन्त्री पौड्यालले द्विपक्षीय भेटवार्ताहरु पनि गर्ने कार्यक्रम रहेको मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन् । मन्त्री पौड्याल जेनेभाबाट अतिकम विकसित राष्ट्रहरुको पाँचौं सम्मेलनमा सहभागी हुन दोहा आउने कार्यक्रम छ ।