काठमाडौं । नेपाली कांग्रेसका मुख्य सचेतक जन्मजय तिमिल्सिनाले बर्दियाली जनताको बिकास, न्याय दुःख सुखको सहयात्री बन्ने बताएका छन । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका मुख्य सचेतक तिमिल्सिनाले प्रदेस सभामा बोल्दै बर्दियाली जनताको जीवनलाई सहज बनाउन राज्यको तहबाट म ईमानदारिपुर्वक प्रयत्र्ने बताएका हुन ।
संसदमा लुम्बिनीको समग्र विसकासको मार्गचित्र र समस्याको पहिचन सहितको निकै महत्वपूर्ण अभिव्यक्ति दिएका तिमिल्सिनाले निरन्तरता माथिको क्रमभंगता खोजिरहेको बताएका छन ।
लुम्बिनी प्रदेशका प्रत्येक आम जनता र त्यहाँका जनताको पीड़ामा मलम लगाउन नसके प्रदेस सभाको उपस्थिति केवल निरन्तरता माथीको निरन्तरता मात्र हुने उनले बताए ।
देशलाई घात हुने काम नगर्ने गर्दिन उनले भने देश र जनताप्रतिको माया र बर्दियाली जनताको बिकास , न्याय दुःख सुखको सहयात्री बन्नु पर्छ भन्ने समाज रुपान्तरणको हुटहुटीले यहाँसम्म ल्याइपुर्याएको छ ।
यस्तो छ सम्बोधनको पूर्णपाठ
सभामुख महोदय
नेपाली नागरिकको स्वतन्त्रता र सर्वोच्चताको पैरवी गरिने यस गरीमामय संसदमा आफ्नो पहिलो मन्तव्य राख्दै गर्दा सर्वप्रथम त म नेपाली स्वतन्त्रता र स्वाधीनताका लागि संघर्ष गर्ने सम्पूर्ण शहीद र योद्धाहरुप्रति सम्मान व्यक्त गर्न चाहन्छु ! सामाजिक न्यायका लागि देशभर उठेका आन्दोलनप्रति मेरो उच्च सम्मान छ !
यतिबेला म मेरा बर्दियाका सम्पुर्ण मतदाताहरुलाई पनि सम्झिन चाहन्छु, मधुवनका कुना कन्दरा देखि ठाकुरबाबाका कुना कन्दरा, बारबर्दियाका कुना कन्दरामा बस्ने मेरा मतादाताहरुको आशा र भरोसालाई हृदयमा साचेर आज म मेरा विचारहरु व्यक्त गरिरहेको छु ।
तपाईंहरूको प्रेम, सद्भाव र सहयोगको लागि हार्दिक नमन !
अबका दिनहरूमा तपाईंहरूको चाहना र भावनाको उच्च सम्मान गर्दै तपाईंहरूको जीवनलाई सहज बनाउन राज्यको तहबाट म ईमानदारि पुर्वक प्रयत्न गर्नेछु । यो जिम्मेवारीका लागि तपाईंहरूप्रति आभारी छु ।
तपाईंहरूले मलाई दिनुभएको प्रत्येक मतले मेरो राजनीतिक यात्रालाई आगामी दिनमा निर्देश गर्नेछ ।
अहिलेलाई यति भनौ, आममतादाताहरुले म र मेरो पार्टीलाई गरेको बिश्वास बर्दियाबासीको भरोसा कहिल्लै तपाईंहरूले हामी माथि गरेको विश्वासलाई टुट्न दिनेछैनौ। हामी परिवर्तन गर्नेछौं र यो देश साँचो अर्थमा जनताको बनाउने प्रण गर्छौं।
म पनि आम मान्छे हुँ, अन्जान मा गल्ती होलान तर बेइमानी गर्दिन, यो देशलाई घात हुने काम गर्दिन। कुनै विरासतबाट आएको होइन । कुनै लोभले आएको होइन। कसैको देखासिकीमा आएको होइन । देश र जनताप्रतिको माया र बर्दियाली जनता को बिकाश , न्याय दुःख सुख को सहयात्री बन्नु पर्छ भन्ने समाज रुपान्तरणको हुटहुटीले यहाँसम्म ल्याइपुर्याएको छ ।
हामिले लुम्बिनी प्रदेशका प्रत्येक आम जनता र त्यहाँका जनताको पीड़ामा मलम लगाउन सकेनौ भने हाम्रो उपस्थिति केवल निरन्तरता माथीको निरन्तरता मात्रै हुनेछ ।
म त्यो निरन्तरता माथिको क्रमभंगता खोजिरहेको छु त्यो क्रमभंगता बिकासको लागी , अन्यायमा परेका जनतालाई न्यायको क्रमभंगता, ऋणको पोको बोकेर प्रदेशको लाइनमा बस्न बाध्य मेरो बर्दियाली युवा ,लुम्बिनीबासी युवा, हाम्रै प्रदेशमै बसेर केही गर्ने बातावरण सृजना गर्ने क्रम भंगता, कृषिमा आधुनिकरण गर्नको लागी कृषकको लगानीको ग्यारेन्टी सृजना गर्न सकिने क्रमभंगता, सुकुम्बासी मुक्तकमैया पिछडिएका, दलितका , बर्दिया र लुम्बिनी प्रदेशभित्र रहेका आवाज बिहीनहरुका आवाज बन्न सकियोस यो क्रमभंगता खोजिरहेको छु । हामीले खोजेको आज पनी लुम्बिनी प्रदेश भित्र दूरदराज र कुनाकन्दराको आवाज पनी रोस्ट्रममा सुनियोस भुइँमान्छेको आवाजले यो रोस्ट्रममा स्थान पाओस मैले वर्षाै देखी खोजेको देखेको क्रमभंगता यो हो । म बोल्दै गर्दा मेरो अन्तर्मन अभिस्ट भनेको मेरो उपस्थिति सिंगो बर्दिया लगायत सिङ्गो लुम्बिनी प्रदेशको उपस्थिति हो ।
तर हामिले सोचे जस्तो देखे जस्तो परिकल्पना गरे जस्तो आजको अवस्था छ त पटक्कै छैन, छातीमा हात राखेर महसूस गर्ने कोशिस मात्रै गरेऊ भने थाहा हुन्छ , हामिले देखेको सपना र वास्तबिकताको दूरी कती छ भन्ने कुरा ।
सभामुख महोदय ,
कृषक अहिले यतिबेला मल, बिउ, विजन नपाएर हैरानीमा छन् । उखु किसानले उखुको रकम प्राप्त गर्न सकेका छैनन् । मुक्तकमैया, सुकुम्बासी आज पनि खानेपानी , बिजुली ,बत्ती , सिंचाईका लागि लडिरहेका छन, यिनको आवाज कस्ले बोलिदिने कस्ले सुनिदिने आज पनी सड़क हरु को अवस्था कति जीर्ण छन । सुकुम्बासी मुक्तकमैयाको छोरों उपचार नपाएर आफ्नो ज्यानको आहुति कैले सम्म दिने हो अब यो रोकिनु पर्छ ।
जनतालाई आधारभूत आवश्यकताको पूर्ति हुन सकेको छैन , गुणस्तरीय शिक्षा , सर्बसुलभ निशुल्क स्वास्थ्य , किसान लाई सहायता , उद्घमिलाई राहत यी सब केबल नारामा मात्रै सीमित रहे । सरकारी अस्पतालमा स्वास्थ्यकर्मीको दरबन्दी अपुग भएको, मिटर ब्याजको आतंक, १६ प्रतिशतभन्दा चर्को बैंकको ब्याजदरका दर्जनौं समस्या रहेको छ ।
सभामुख महोदय,
बर्दिया लगायत यस प्रदेश भर जनता आवासका नाममा व्यापक खेलवाड गरिँदैछ । तर, बास्तविक सुकुम्बासीले बसोबासको सुविधा पाएका छैनन् । यो कुराको माननीय सभामुख मार्फत प्रदेश सरकार र संघीय सरकार लाई ध्यानाकर्षण गराउन चाहन्छु ।
पर्यटकीय दृष्टिले लुम्बिनी, तिलौराकोट, कर्णाली, ठाकुरद्धारा र स्वर्गद्धारी, मानसरोवर जाने पर्यटकहरु नेपालगञ्ज भएर जाने गर्छन् । गुल्मीको रेसुङ्गा, रुरुक्षेत्र सहितका दर्जनौं पर्यटकीय गन्तव्यहरु छन् । बर्दियाको ताराताल देखि भुरिगाउ तेलपानी हुँदै मुगुको रारा ताललाई जोड्न सक्यौं भने लुम्बिनी प्रदेश कै नमुना पर्यटकीय गन्तव्य बन्न सक्नेछ ,तर हामीले नत अन्तराष्ट्रिय स्तरमा यी क्षेत्रको भरपुर प्रचार गर्न सक्यौं नत, यी क्षेत्रको विकासमा उल्लेख्य योगदान नै । तसर्थ यी क्षेत्रको विकास र प्रचारमा यस प्रदेश सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।
सभामुख महोदय,
नागरिकको सुरक्षाका सन्दर्भमा राज्य सम्वेदनशील हुन जरुरी छ । बर्दिया, बाँके लगायत राष्ट्रिय निकुञ्ज र खाता जैविक मार्ग नजिक मानव र बन्यजन्तु बिचको अन्तर द्वन्द दिनानुदिन बढेको कारण आजपनि बस्तीहरु जोखिममा छन् । सरकारले ठूला जंगलहरुमा आधुनिक तारबार लगाएर बन्यजन्तु र जनताको सुरक्षाका निम्ति सम्वेदनशीलता देखाउन पनि म यस गरिमामय सभा मार्फत प्रदेश सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।
हामी लुम्बिनी प्रदेश लाई हाम्रो लुम्बिनी राम्रो लुम्बिनी, समृद्ध लुम्बिनी बनाउनु पर्छ । यसको लागि हामी सबैले आजकै दिन देखी प्रण गरौ । हामीसँग रास्ट्रिय गौरबका आयोजनाहरु छन जसले लुम्बिनीको कायापलट गर्ने क्षमता राख्छन सिक्टा सिचाई आयोजना , बबइ सिंचाई आयोजना ,भेरी बबई डाईभर्सन, दाङको बडकापथ सिचाई आयोजना , राजापुर सिचाई आयोजना , कर्णाली नदि नियन्त्रण र तिलोत्तमा सिचाई हाम्रो लुम्बिनी प्रदेशको आर्थिक बिकासको मेरुदण्ड बन्न सक्ने ल्याकत राख्दछन । यसलाई समय मै पूरा गराउन दृढ संकलप यो रोस्टम बाट खोजिरहेको छु । सिंचाई र उत्पादनलाई अलग राखेर कसरी बिकासमा फड्को मार्न सकिएला र सभामुख महोदय ।
प्रचुर संभावनाको धनी हाम्रो लुम्बिनी राम्रो लुम्बिनी, गौतम बुद्धको देब भूमि , गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल , तिलौराकोट, रेसूँगा देखी भैरबस्थान, सिद्द बाबा , सुपादेऊराली रुकुम कोट , दाङ देऊखुरी , ठाकुरद्वारा मन्दिर जस्ता धार्मिक पर्यंटकिय स्थल हरु लाई हामी राज्यको धार्मिक पर्यटन करिडोर बनाएर जाने संकल्प गरौ। ठुला ठुला लगानी कर्ता हरु लाई बर्दिया देखी लुम्बिनी प्रदेश का १२ वटै जिल्ला जहां अनुकूल हुन्छ त्यहाँ लगानी गर्न आवहान गरौ। लगानी भित्राउ र सकभर लुम्बिनी प्रदेश भित्र हाम्रो आफ्नो उत्पादन लाई प्राथमिकता दीउँ । होमस्टे हरु संचालन गरौं हाम्रो उत्पादन लाई रास्ट्रिय अन्तरास्ट्रिय बजार खोजौ अब पनि नगरे कैले गर्ने हामिले नगरे कस्ले गर्ने ।
हाम्रो लुम्बिनीलाई उत्कृष्ट प्रदेश बनाउनु पर्छ यस महान कार्य मा सहकार्य गरौ ।
आमजनताको दुःख सुख लाई नजिक बाट नियालेर महसूश गरेर र जनताको सपनालाई मूर्त रुपदिने दृढ संकल्प र नयाँ आशा र उमंग लिएर हामी आएका छौं । परिवर्तनशील समयको काँचुली फेर्दै गरेको नेपाली समाज र राजनीतिको प्रतिविम्ब यस संसदमा आज देखिँदैछ ।
राजनीति ’प्रदूषणवादी (pollutist) थियो। अब त्यसमा ’लोकप्रियतावादी (populist) अंश थपिएको छ।
तर राजनीतिमा इमानदारी (Integrity) र क्षमता (Competency) नभएसम्म रूपान्तरण असम्भव हुनेछ।
यो राज्य भन्ने अवधारणा ती कमजोरहरूका लागि हो। ती पिल्सिएकाहरूका लागि हो। ती किनारमा पारिएकाका लागि हो। जसले आफनो सुरक्षा आफैंले गर्न सक्दैनन्। अझ सबै भन्दा बढी सुकुम्बासी मुक्तकमैयाहरुको हो ,महिलाहरुको हो। दलितहरूको हो। जनजातीहरूको हो। मधेशीहरूको हो। ती तमाम अल्पसंख्यक , पिछडिएका वर्गका लागि हो।’
लोकतन्त्र भनेको फगत शासनपद्धति मात्रै होइन, यो जीवनशैली हो । त्यसैले लोकतन्त्रको अब्बल परीक्षा समाजको सबैभन्दा पिछडिएको मानिसको जीवनमा आएको सकारात्मक परिवर्तनको आधारमा मात्र लिन सकिन्छ ।
विकासका कामहरु कसरि छिटो सम्पन्न गर्ने अब बहस हुनुपर्छ, प्रशासन कसरी चुस्त दुरुस्त र प्रभावकारी बनाउने बहस गर्नुपर्छ । यो बदलिदो समयमा बदलिदो शैली अपनाउन सकेनौं भने नया विकास गर्नै सक्दैनौ, पुरानै चिन्तन बाट नया विकास कसरि गर्ने ?
लोकतन्त्रको प्रवर्द्धन गर्दै संसदीय परम्पराको मर्यादाभित्र रहेर हामीले मिलेर काम गर्नु छ । प्रविधि मात्र हैन प्रवृत्ति पनि बदल्नुपर्छ । सधै इतिहासमा मात्र गर्व ग¥यौं । तर इतिहास भनेको पढ्ने र गर्व गर्ने चिज मात्र हैन इतिहास लेख्ने पनि कुरा हो।
राजनीतिमा स्थापित गलत भाष्यहरूलाई खारेज गर्नुछ । जनता र जनप्रतिनिधिको सम्बन्ध समदुरीमा प्रगाढ बनाउनु छ। राजनीतिको थिति बदल्नु छ ।
संसद जनताहरुको भावनाको प्रतिनिधित्व हुने साझा थलो हो । यो प्रतिनिधित्वको पछाडी जनताको आशा भरोशा छ । त्यो आशालाई वास्तविकतामा बदल्न, विकसित र गतिशील समाजलाई मध्यनजर गर्दै हामीले समय सापेक्ष ऐन, कानुनहरु बनाउनु छ ।
हामीले लामो समय लोकतन्त्रलाई प्रक्रियामा मात्र सिमित राख्यौं । अब यसलाई व्यवहार बनाउ । जुन दिन हामीले लोकतन्त्रलाई व्यवहार बनाउँछौं । त्यस दिन यो समाज परिवर्तन हुन्छ, यो समाज रुपान्तरण हुन्छ ।
हामीले शासकीय स्वरुपमा लोकतन्त्र त स्थापना गर्यौं, तर लोकतान्त्रिक संस्थाहरुलाई सुधार गर्न सकेनौं । राज्यका हरेक महत्वपूर्ण लोकतान्त्रिक संस्था अहिले धरासायी अवस्थामा छन् । संविधानमा लेखिँदैमा न्याय, समानता, आत्मसम्मान र स्वतन्त्रताका कुरा आफैं पुरा हुँदैनन् । तिनको त निरन्तर पैरवी गर्नु पर्छ । पक्कै पनि हाम्रो दायित्व लोकतन्त्रको पैरवी गर्ने र बडो मुश्किलले बनाइएको संविधानको रक्षा गर्ने हो । संविधानको भावनालाई आत्मसाथ गर्न सकियो भने मात्र सही अर्थमा हामी हाम्रो शिशु लोकतन्त्रलाई समुन्नत बनाउन सक्छौं ।
विचारको विविधता र प्रतिपक्षी विचारको सहनशीलता परस्पर प्रतिस्पर्धात्मक विचारको मन्थनले नै लोकतन्त्रलाई उन्नत बनाउन सक्छ ।
हामीले आफ्नो संसदीय शक्तिलाई फगत अंकगणितको खेलमात्र मान्यौं भने हामीले पाएको अमूल्य मतको अपमान त हुन्छ नै, नागरिक माथि अन्याय पनि हुन्छ ।
म मेरा बर्दियावासी देबरूपी आदरणीय आमा÷बुबा, दिदिबहिनी तथा दाजुभाइहरू, भगवानलाई साक्षी राखेर हजुरहरूले दिनुभएको माया र सद्भाव हाम्रा लागि ज्ञान र साहस हुन। तपाईंहरूसँगको प्रत्यक्ष संवादमा हामीले परिवर्तनप्रतिको तपाईंहरूको चाहनालाई महसुस गरेका छौं। हो, हामी सबै मिलेर परिवर्तन गर्नुपर्छ र गर्ने नै छौं।
अन्त्यमा २०७९ पौष २७ गते सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालज्यूले गरिमामय संसदमा सम्बोधन मा भन्नू भएझैं सहकार्य र एकतासंगै संसदमा रहेका सबै राजनीतिक दललाई समेटेर अगाडी बढ्ने जुन प्रतिवद्धता व्यक्त गर्नु भएको छ । त्यसमा उहाँलाई सफलता मिलोस् । संगै यस प्रदेश सरकारलाई समेत आफ्नो कार्यकालको सफलताको कामना व्यक्त गर्दछु ।
धन्यवाद, जयनेपाल !
प्रतिक्रिया