शिशिर

शिशिर


समयपथ
0
Shares

करायाे जुरेली रमैया रमायाे
रँगाेली कि हाेली जियालाे खुलायाे।
सिरेटाे सुसेली हबेली खुसाए
दिशा पूर्व लाली उचालेर ल्याए ।१।

पखेरा र पाखा खडेरी पलाए
भुँवारा उता आरुचामा रमाए।
चिसाे शीत सर्दी कता गाे हरायाे
मिठाे कण्ठ खाेली चरी फुर्फुरायाे ।२।

नदीका किनारा घटाएर अायाे
वसन्ती छिटै ल्याउने चाहना याे
सिकारी डुलेकाे नहाेस् माैनता त्याे
बघेनी घुरेकाे नहाेस् वन्य जस्ताे!।३।

बगैँचा अलैँची चियामा टुसाऊन्
बुटामा मुनाफा मुना तुल्बुलाऊन् !
तराई पहाडै हिमालै खुसाऊन्
धरा देशवासी सबै मग्मगाऊन् !।४।

डढेलाे नलागाेस् नढाकाेस् तुँवालाे
निखारेर माया पगाराैँ धरा याे !
युवा ज्यान ज्यामी बसून् देश थामी
थलाे कर्मवादी उदाऊन् बिहानी ! ।५।

नयाँ वस्त्र लाई पुराना फुकाली
सबै लाज छाेपून् खुसी रङ्ग हाली ।
दिलै दङ्ग पार्ने दया! दातृ दाता !
उदासीन फाल्दे नियाल्दे विधाता ! ।६।
———000—-

मादी,सङ्खुवासभा
हाल: लाेकन्थली,भक्तपुर।