सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले पाए विश्वासको मत

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले पाए विश्वासको मत


समयपथ
0
Shares

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाएका छन । माघ २६ गते मुख्यमन्त्री नियुक्त भएका शाहले आइतबार  दुई तिहाइ बढी मत पाएका हुन ।

तत्कालीन मुख्यमन्त्री राजेन्द्रसिंह रावल बहुमत जुटाउन नसकेर पदमुक्त हुनु भएपछि उपधारा (३) बमोजिम ठूलो दलको संसदीय दलका नेताको हैसियतले शाह मुख्यमन्त्री बनेका थिए ।

शाहलाई नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी र नेकपा (एकीकृत समाजवादी) का सांसदले विश्वासको मत दिएका छन् ।
मुख्यमन्त्री शाहलाई नेकपा (एमाले) र राप्रपाले विश्वासको मत नदिएको हो ।

५२ उपस्थित प्रदेस सभा सदस्य मध्ये मुख्यमन्त्री शाहले ४१ मत पाएका छन भने विपक्षमा ११ मत खसेको छ । सूदुरपश्चिम प्रदेश सभामा ५३ सदस्य छन ।