काठमाडौं । भलिबलकी अरुणा शाहीलाई ‘एनएसजेएफ’ पल्सर स्पोर्ट्स अवार्ड–२०७८ अन्तर्गत वर्ष महिला खेलाडीको अवार्ड प्रदान गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले उक्त अवार्डबाट शाहीलाई सम्मानित गरेको हो । वर्ष महिला खेलाडीको मनोनयनमा शाहीसँगै क्रिकेटका सीता राना मगर, रुबिना क्षेत्री, बक्सिङकी पुनम रावल र एथलेटिक्सकी पुष्पा भण्डारी मनोनयनमा परेका थिए ।
उत्कृष्ट युवा खेलाडीको अवार्ड मनिष डाँगीलाई
फुटबलर मनिष डाँगीले उत्कृष्ट युवा खेलाडीको अवार्ड जितेका छन् । सो विधामा फुटबलका डाँगीसँगै बक्सिङका छिरिङ वाङ्दी शेर्पा, ब्याडमिन्टनकी रसिला महर्जन, फुटबलकी प्रीति राई र भलिबलकी उषा भण्डारी मनोनयनमा परेका थिए ।
प्रतिक्रिया