टेक्सास। अमेरिकाको टेक्सास राज्यमा बसोबास गर्दै आएका गैरआवासीय नेपाली संघका अभियान्ता कृष्ण लामिछाने आफ्नै निवासमा मृत भेटिएका छन् । समाचार स्रोतका अनुसार उनी मंगलवार साँझपख आफ्नै घरमा मृत भेटिएका हुन् ।
गोर्खा घर भएका लामिछाने नेपाली जनसम्पर्क समितिका संस्थापक मध्येका एक हुन्। स्रोतका अनुसार उनी विगत केही महिनादेखि पारिवारिक समस्यामा थिए । दुई छोरी र श्रीमतिका साथ बसोबास गर्दै आएका लामिछानेको मृत्युको कारण खुलेको छैन ।
प्रतिक्रिया