श्रीराम श्रेष्ठका कटौता

श्रीराम श्रेष्ठका कटौता


समयपथ
0
Shares

१,
पूर्खाको देन
गोरेटो बाटो बन्दै
फाडिएको जङ्गल ।
२,
मनको पीडा
बुझ्ने कोही नहुँदा
आँसुको थुप्रो खस्दा !
३,
जाडोले पेल्दा
चिसिएको शरीर
न्यानो खोज्न दौडेको !
४,
साँगुरो सोच
एकलकाँटे माया
आफैभित्र खुम्चिंदै !
५,
हरियो दूबो
पैतलाले कुल्चिंदा
अाँखा नै तान्न खोज्ने !
६,
अस्तायो घाम
नछिप्पिदैमा रात
सपना अकास्सियो !