दुजाङ नेतृत्वको नेविसंघलाई १० दिनभित्र पूर्णता दिने, आठ महिनाभित्र महाधिवेशन सम्पन्न गर्ने सहमति

दुजाङ नेतृत्वको नेविसंघलाई १० दिनभित्र पूर्णता दिने, आठ महिनाभित्र महाधिवेशन सम्पन्न गर्ने सहमति


समयपथ
0
Shares

काठमाडौं । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा नेविसंघ वृहत संघर्ष समितिका नाममा बसेको रिले अनसन स्थगन गर्ने निर्णय भएको छ । पार्टी सहमहामन्त्री भीष्मराज आङ्दम्वेको रोहवरमा बसेको संयुक्त बैठकले रिले अनसन स्थगन गर्ने निर्णय गरेको हो ।

नेपाल विद्यार्थी संघमा पछिल्लो क्रममा देखिएको समस्याकाका विषयमा छलफल गरी ४ बुँदे सहमति भएको पार्टी कार्यालयका सचिव प्रेम केसीले जानकारी दिए ।

दुजाङ शेर्पाको अध्यक्षतामा गठित नेपाल विद्यार्थी संघ केन्द्रीय तदर्थ कार्यसमितिलाई १० (दश) दिनभित्रमा पूर्णता प्रदान गर्ने छलफमा सहमति भएको छ । नेपाल विद्यार्थी संघको आगामी १२ औं महाधिवेशन आठ महिनाभित्र सम्पन्न गर्ने सहमति भएको छ ।

जिल्लामा देखिएका समस्या पार्टीको नेतृत्व-पदाधिकारीका बीच छलफल गरी समाधान गर्ने सहमति भएको छ । रिले अनसनलाई आजैबाट स्थगन गर्ने सहमति भएको छ ।

पार्टी सहमहामन्त्री भीष्मराज आङ्दम्वेको रोहवरमा भएको छलफलमा वृहत संघर्ष समितिका तर्फबाट उज्वल बज्राचार्य, नेविसंघ अध्यक्ष दुजा शेर्पा र पार्टी कार्यालयका सचिव प्रेम के.सी सहभागी थिए ।

यस्ताे छ सहमति