रामेछाप दुर्घटना अपडेट : चारको सनाखत

रामेछाप दुर्घटना अपडेट : चारको सनाखत


समयपथ
0
Shares

रामेछापको मन्थली नगरपालिका–७ को कौछिनी (मगर गाउँ नजिक) भएको बलेरो दुर्घटनामा परी मृत्यु हुने चार जनाकै सनाखत भएको छ ।

रामेछापको सदरमुकाम मन्थलीबाट दिउँसो मन्थली नगरपालिका–७ स्थित कौछिनीतर्फ जाँदै गरेको वा ११ च ५५३ नं को बलेरो सडकबाट करिब एक सय मिटर तल खस्दा घटनास्थलमै मृत्यु हुनेमा मन्थली नपा–७ की ८ वर्षीया नन्दमाया भण्डारी, सोही वडाकी ५५ वर्षकी ज्ञानदानी तामाङ, ६८ वर्षका जेनसुन तामाङ र सुनापति गाउँपालिका–१ गुन्सीकी आठ वर्षीया लाक्पा घिसिङ रहेका छन् ।

दुर्घटनामा परी घाइते हुने ११ मध्ये चालकसहित दुईको अवस्था गम्भीर रहेको र उनीहरूको मन्थली अस्पताल र रामेछाप सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । घुम्तीमा मोड्ने क्रममा ब्रेक नलागेपछि बलेरो कौछिनीको मगरगाँउ नजिकको सडकबाट करिब एक सय मिटर तल खसेको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।