कोशी प्रदेशका पहिचानवादी चार युवाको रिहाई

कोशी प्रदेशका पहिचानवादी चार युवाको रिहाई


समयपथ
0
Shares

खोटाङ । प्रदेश सांसदलाई दुर्व्यवहार गरेकाे आरोपमा पक्राउ परेका चार जना रिहा भएका छन् । कोशी प्रदेश नामाकरणको बिषयलाई लिएर प्रदेशसभा सदस्य पाँचकर्ण राईलाई दुर्व्यवहारको कोशिश गरेकाे आरोपमा पक्राउ परेका चारै जनालाई प्रहरीले छाडिदिएको हो ।

जिल्ला समन्वय समितिको छैटौं जिल्ला सभा चलिरहेको बखतमा सप्तमणि राई, सुनिल चाम्लिङ, युगसन किरात, डार्विन चाम्लिङले सांसद राईलाई लक्षित गरेर नाराबाजी तथा कालो झन्डा देखाएका । सदरमुकाम दिक्तेलमा आयोजित सभामा सांसद राईलाई लक्षित गरेर दुर्व्यवहार गरे पछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।

प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता मन्जिल मुकारूङले कोशी प्रदेश नामाकरणमा सहमति जनाएको भन्दै सांसद राईको बिरुद्धमा नाराबाजी र कालो झन्डा देखाएका कारण पक्राउ परेका चारैजनालाई छाडि सकिएको बताए ।

प्रदेश १ लाई कोशी प्रदेशमा नामकारण गरेको भन्दै पुर्वी पहाडी जिल्लामा पहिचानवादी आन्दोलनकारीहरुले सो प्रदेशका सांसद देखी मन्त्रीहरु बिरुद्ध निरन्तर प्रदर्शन गर्दै आएका छन् ।