काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको एशोसिएट उपाध्यक्षमा रामचन्द्र संघाई प्यानलकी ज्योत्सना श्रेष्ठ विजयी भएकी छन् । उनले आफ्ना प्रतिस्पर्धी भरतराज आचार्यलाई पराजित गर्दै विजयी भएकी हुन् । श्रेष्ठले ८४६ मत प्राप्त गरेकी छन् भने उनी निकटतम प्रतिद्वन्द्वी आचार्यले ७८१ मत प्राप्त गरेका छन् । जम्मा १ हजार ६५० मत खसेको थियो ।
हेमराज ढकाल मा विजयी
हेमराज ढकाल नेपाल उद्योग वाणिज्य महासङ्घको वस्तुगत तर्फको उपाध्यक्षमा विजयी भएका छन् । ढकाल उमेशलाल श्रेष्ठ प्यानलबाट चुनावी प्रतिस्पर्धामा थिए। उनी निकटतम प्रतिद्वन्द्वी मनिषलाल प्रधान र सकुन्तलाल हिराचनलाई हराउँदै विजयी भएका हुन् । ढकालले ६१ मत पाएर विजयी भएका थिए भने, प्रधानले ५२ र हिराचनले ७ मत प्राप्त गरेका थिए ।
प्रतिक्रिया