काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमामाथि गोली प्रहार भएको छ । पुनको घरमा बसेको सुरक्षाकर्मीको एक सदस्यले शुक्रबार राति साढे ९ बजे गोली चलाउँदा पुनकी आमा ७० वर्षीय तीर्थमाली पुन घाइते भएकी छन् । खुट्टामा गोली लागेको उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
राति १ बजे सूचना प्राप्त भएलगत्तै प्रहरीले गोली चलाउने प्रहरी हवल्दार प्रकाश पुन मगरलाई नियन्त्रणमा लिएको छ । उनलाई प्रहरी प्रधान कार्यालय, नक्सालमा राखेर सोधपुछ भइरहेको छ । स्रोतका अनुसार उनी नेता पुनका नातेदारसमेत हुन् । रोल्पामा उनीहरु छिमेकी समेत भएको पुन निकट स्रोतले जनाएको छ । उनी हाल कामु प्रधानन्यायाधीशको अगुवा गाडीमा बस्ने अधिकृत हुन् ।
प्रतिक्रिया