परराष्ट्र मन्त्रीमा काँग्रेसका साउद, भोलि दिउँसो ३ बजे शपथ

परराष्ट्र मन्त्रीमा काँग्रेसका साउद, भोलि दिउँसो ३ बजे शपथ


समयपथ
0
Shares

काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एनपी साउद परराष्ट्र मन्त्री बन्ने भएका छन् । उपचुनावअघि साउद परराष्ट्र मन्त्री बन्ने भएको स्रोतले बतायो । उनले भोलि दिउँसो ३ बजे शपथ लिने तय भएको छ ।

सत्ता गठबन्धनमा भएको भागवण्डामा कांग्रेसले ८ मन्त्रालय पाएको थियो । तर आन्तरिक भागवण्डा नमिलेका कारण १७ चैतको मन्त्रिपरिषद् विस्तारमा कांग्रेसले चार जना मात्र मन्त्री पठाएको थियो । थप एउटा मन्त्रालय लिएर भागवण्डा मिलाउने प्रयास भइरहेपनि कांग्रेसले बाँकी मन्त्रीको नाम एकै पटक पठाउन भने सकेन ।