कागेश्वरी मनोहराका मेयर कार्कीको नेतृत्वमा मुलपानी क्रिकेट मैदान सरसफाई

कागेश्वरी मनोहराका मेयर कार्कीको नेतृत्वमा मुलपानी क्रिकेट मैदान सरसफाई


समयपथ
0
Shares

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका र नेपाल क्रिकेट संघको आयोजनामा मुलपानी क्रिकेट मैदान सरसफाई कार्यक्रम सम्पन्न भएको छ । कागेश्वरी मनोहरा नगर प्रमुख उपेन्द्र कार्कीको नेतृत्वमा विभिन्न संघ संस्था र व्यक्तिको सहभागितामा मुलपानी क्रिकेट मैदान सरसफाई कार्यक्रम सम्पन्न भएको हो । क्रिकेट मैदान सरसफाई कार्यक्रम सहभागी सबैलाई मेयर कार्कीले नगरपालिकाको अधिकारीक पेजमार्फत धन्यवाद ज्ञापन गरेका छन ।

वैशाख ५ गतेदेखि एसीसी मेन्स प्रिमिअर कप २०२३ का केही खेल मुलपानीमा रहेको क्रिकेट मैदानमा गर्ने गरी तयारी भइरहेको छ । मुलपानी मैदानमा नेपालले पनि समूह चरणको एक खेल खेल्नेछ । वैशाख ११ गते साउदी अरेबियासँगको खेल मूलपानी क्रिकेट मैदानमा हुदैछ । यो मैदानमा पहिलो पटक अन्तर्राष्ट्रिय खेल हुन लागेकाले नगरपालिकाले गौरवको रुपमा लिएको छ ।

कागेश्वरी मनोहरा नगरपालिकाका नगरप्रमुख कार्कीले २० वर्ष अघि यहाँका जनताले देखेको सपना पूरा गर्न क्यानसँग हातेमालो गरेर अघि बढेकाे बताएका छन । नगरपालिकाले दर्शकका लागि चौर, सडक, खानेपानी, विद्युत, सरसफाई र सुरक्षा तथा पार्किङमा समन्वय र सहयोग गर्दै आएकाे छ ।

मुलपानी क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय खेल गर्नुअघि अहिले धमाधम पूर्वाधार बनाउने काम भइरहेको छ ।