संवैधानिक परिषद्को बैठकः प्रधानन्यायाधीश नियुक्तिबारे छलफल

संवैधानिक परिषद्को बैठकः प्रधानन्यायाधीश नियुक्तिबारे छलफल


समयपथ
0
Shares

काठमाडौं । संवैधानिक परिषद्को बैठक सिंहदरवारमा बसिरहेको छ । प्रधानन्यायाधीश नियुक्तिको विषयमा छलफल गर्न संवैधानिक परिषद्को बैठक बसेको हो ।

लामो समयसम्म न्यायालय कायममुकायमको नेतृत्वमा रहेकाले यथाशीघ्र प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने विषयमा तीन दलका शीर्ष नेताहरूबीच सहमति भएको थियो ।

सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेर बहादुर देउवासहितको बैठकले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया थाल्न संवैधानिक परिषद्को बैठक बोलाउने निर्णय गरेको थियो ।

प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद्मा प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष र प्रमुख प्रतिपक्षी दलको नेता सदस्य रहने व्यवस्था छ । प्रधानन्यायाधीश नियुक्त गर्ने प्रयोजनमा भने कानुनमन्त्री पनि बैठकमा सहभागी हुने जनाइएको छ ।