‘प्रचण्ड’ नेतृत्वको म्यादी सरकारलाई बिदा गर्नुपर्छ : ओली

‘प्रचण्ड’ नेतृत्वको म्यादी सरकारलाई बिदा गर्नुपर्छ : ओली


समयपथ
0
Shares

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड नेतृत्वको सरकारलाई म्यादी सरकारको संज्ञा दिएका छन् । बारा क्षेत्र नम्बर–२ मा आयोजित चुनावी सभामा उनले सरकार धेरै नटिक्नेसमेत दाबी गर्दे म्यादी सरकारको संज्ञा दिएका हुन् ।

उनले गठबन्धन कायम रहे वृद्धभत्ता समेत कट्टा हुने भन्दै सरकारलाई बिदा गर्नुपर्ने बताए । ओलीले प्रधानमन्त्री प्रचण्ड, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल काम छाडेर किन कार्यक्रममा आएको भन्दै प्रश्न समेत गरेका छन् । ओलीले आफू सरकारमा हुँदा राम्रा काम गरेको दाबीसमेत गरे ।