मन्त्रिपरिषद् बैठकका १५ निर्णय [जस्ताकोतस्तै]

मन्त्रिपरिषद् बैठकका १५ निर्णय [जस्ताकोतस्तै]


समयपथ
0
Shares

काठमाडौं । सरकारले सार्वजनिक संस्थान सुझाव समिति अवधारणा पत्र, २०८० स्वीकृत गरी शंकरप्रसाद अधिकारीको संयोजकत्वमा तीन सदस्यीय सार्वजनिक संस्थान सुझाव समिति गठन गर्ने निर्णय गरेको छ । वैशाख ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो।

मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय शतर्कता केन्द्र सञ्चालन सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको छ । साथै नेपाल–भारत पेट्रोलियम तथा ग्याँस सम्बन्धी संयुक्त कार्य समूह, (सहसचिवस्तर) को चौंथो बैठक मिति २०८०|०१-१२ मा काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको छ ।

त्यस्तै, सरकारले दक्षिण कोरिया र चीनमा आयोजना हुने कार्यक्रममा सहभागी हुन महान्यायाधिवक्ता कार्यालयका तीन जना नायव महान्यायाधीवक्तालाई पठाउन स्वीकृति दिने, अजरबैजानको बाकुमा आयोजना हुने एसोसाइ वर्किङ ग्रुप अन एसडीजीएसको स्थलगत वार्षिक बैठकमा सहभागी हुन उपमहालेखापरीक्षक राममायाँ कुँवरलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ। सरकारले लेखापरीक्षणमान बोर्डको सदस्यमा चार्टर्ड एकाउण्टेन्ट भोजराज पाण्डेलाई मनोनयन गर्ने निर्णयसमेत गरेको छ ।