हँसिलाे वदनका मिलापहरू

हँसिलाे वदनका मिलापहरू


समयपथ
0
Shares

आँखा उचालेर परैबाट हेरूँ लाग्छ
खाेलेर मुख खुसी साटेर बाेलूँ लाग्छ
छेवैबाट नियालिरहूँ
छाेऊँ या नछाेऊँ नजिकै हाेऊँ लाग्छ
केहीबेर ताैलेर मन कसैकाे
थाेरै भए पनि कुरा खाेलूँ खाेलूँ लाग्छ
सुमधुर साेर र शब्द सल्बलाएका हून्
या,साैन्दर्य सलिल चेहरा अल्मलाएका हून्
तुल्बुलाएका तिनै तन र मन बटुलेर
फकाउँदै मुलाकातमा केही कुरा चाेरूँ लाग्छ ।

थपिऊन् अलिअलि मुस्कान
निहुरिऊन् थाेरबहुत लज्जापन
तर नबरालिऊन् ती ओजस्वी ओठहरू
नयनकाे ओझेल नबनी
नहराउने भएर लहराऊन्
तपाेवनझैँ छहारीमय स्राेतहरू ।

स्वच्छन्द भाकामा खुसाऊन् खुसीहरू
नहुन् असरल्ल
नरमाऊन् भिलेन भिल्लहरू
नपरून् अलमल्ल हाेऊन् प्रफुल्ल छताछुल्ल
नजाेडिऊन् बिस्मात र मातहरू
दिग्भ्रमका इस्पातहरू
नहराऊन् नदेखियून् जलनका दृष्टिपातहरू
मेटियून् चाहना भेटियून् सद्भावना
ओेर्लिऊन् शीतलता भर्ने प्रपातहरू
छल्किरहून् नजरभरि सुख सयलका आभासहरू
नदेखियून् उदासीनता र अपघातहरू
र देखियून् हँसिलाे वदनका मिलापहरू !
——–000———
मादी,सङ्खुवासभा
हाल: लाेकन्थली,भक्तपुर।