आर्थिक वृद्धिको आधार तयार पार्न हामी सबै जुट्नुपर्छ : अध्यक्ष ढकाल 

आर्थिक वृद्धिको आधार तयार पार्न हामी सबै जुट्नुपर्छ : अध्यक्ष ढकाल 


समयपथ
0
Shares

काठमाडाै‌ं ।  नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नयाँ दशकमा नयाँ उत्साहका साथ अगाडि बढ्नु पर्ने बताएका छन  ।  शनिबार एक कार्यक्रममा अध्यक्ष ढकालले अर्थतन्त्रमा देखिएका समस्या समाधान गरेर  नयाँ दशकमा नयाँ उत्साहका साथ अगाडि बढ्नु पर्नै बताएका हुन ।

उनले भने, “आर्थिक वृद्धिको आधार तयार पार्न हामी सबै जुट्नुपर्छ । बजारमा माग बढाउनु जरुरी छ । इन्धनको मागमा वृद्धि गरेर जानुपर्छ । राज्य र निजी क्षेत्रको साझा प्रयासबाट मात्रै अर्थतन्त्रको वर्तमान समस्या समाधान गर्न सकिन्छ ।”

उनले निजी क्षेत्रलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई छानबिन गर्न दिनेसम्बन्धी संसद्मा विचाराधीन विधेयकप्रति गुनासो गरे । कार्यक्रममा अर्थशास्त्री अच्यूत वाग्लेले अर्थतन्त्रसँग जोडिएको विषय समेटिएको कार्यपत्र पेस गरेका थिए । यस्तै कार्यक्रममा अर्थतन्त्रसँग जोडिएका अन्य विभिन्न चार वटा कार्यपत्र पेस गरिएको थियो ।