चितवन । चितवन क्षेत्र नम्बर २ मा कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले मतदान गरेका छन् । उनले कालिका नगरपालिका स्थित चतुर्मुखी माध्यामिक विद्यालय मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
यस क्षेत्रमा ४३ स्थलका एक सय ३८ केन्द्रमा मतदान हुँदै छ । यहाँ एक लाख २४ हजार छ सय ९५ जना मतदाता रहेका छन् । गत ४ मंसिरको निर्वाचनबाट सो क्षेत्रबाट निर्वाचित रास्वपाका अध्यक्ष समेत रहेका लामिछानेको नागरिकता विवादका कारण सर्वोच्च अदालतले बदर गरेपछि उपनिर्वाचन हुन लागेको हो ।
चितवनमा बिहान ७ बजेदेखि शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ ।
प्रतिक्रिया