बारा क्षेत्र नं. २ मा गणना जारी

बारा क्षेत्र नं. २ मा गणना जारी


समयपथ
0
Shares

बारा । बारा क्षेत्र नं.२ को मतगणना जारी छ । कलैयास्थित शिक्षा तालिम केन्द्रमा दिउँसो पौने एक बजेबाट मतगणना सुरु भएको हो ।

करैयामाई गाउँपालिका र सुर्वण गाउँपालिकाबाट मत गणना थालिएको जनाइएको छ । ती पालिकाका ६-६ वटा मतपेटिका खोलिएको छ । यसअघि, मतगणनास्थलमा बस्ने उम्मेदवारका प्रतिनिधि समयमा नआउँदा मत गणनामा ढिलाइ भएको थियो । हिजो भएको उपनिर्वाचनमा बारामा करिब ६५ प्रतिशत मतदान भएको छ ।