लमजुङ । पर्यटन प्रवर्द्धनका लागि आयोजित १२औं सिउरुङ महोत्सवका अवसरमा साहसिक मह शिकार भएको छ । गुरुङ समुदायको परम्परासँग जोडिएको मह शिकारलाई पर्यटक आकर्षण गर्ने माध्यमको रुपमा प्रवर्द्धन गर्न महोत्सवको अवसरमा स्थानीयले मह शिकार गरेका हुन् ।
महोत्सवको पहिलो दिन स्थानीयले गाउँ नजिकै रहेको कोइरेखोला भिरमा मह शिकार गरेका गरेका हुन् । भिर माहुरीको मह निकाल्ने काम आफैंमा साहसिक भएको र त्यसप्रति धेरै पर्यटकको आकर्षण हुने भएकाले महोत्सवको अवसरमा मह शिकार गरिएको सिउरुङ पर्यटन विकास समितिका अध्यक्ष नन्द घलेले बताए ।
महोत्सवमा आएका पाहुनाले हनि हन्टिङको मज्जा लिएको अध्यक्ष घलेले बताए । लमजुङमा सामान्यतया प्रत्येक वर्ष वैशाख/जेठ र मसिर महिनामा भिर माहुरीको मह शिकार हुने गर्दछ । मह शिकार लमजुङका गुरुङ समुदायको परम्परागत पेशा पनि हो ।
मह शिकार गर्ने प्रचलन धेरै पुरानो रहेपनि पर्यटक आकर्षकका लागि पछिल्ला वर्षहरुमा ‘हनि हन्टिङ फेस्टिवल’ का रुपमा पनि महशिकार हुँदै आएको छ ।
प्रतिक्रिया