काठमाडौँ। अर्थ प्रवक्ताको जिम्मेवारी धनी राम शर्मालाई दिइएको छ । प्रकाशशरण महत अर्थमन्त्री भएसँगै बजेट महाशाखाबाट जिम्मेवारी विहीन भएका शर्मालाई अनुगमन महाशाखासहित प्रवक्तासमेत तोकिएको हो ।
मन्त्री महतले शर्मालाई अनुगमन महाशाखामा सरुवा गर्दै प्रवक्ताको समेत जिम्मेवारी दिएका हुन् । हाल मन्त्रालयको प्रवक्ता रहेका आनन्द काफ्ले प्रशासन महाशाखामा सरुवा भएपछि अनुगमन महाशाखा रिक्त थियो।
अझै सहसचिवत्रय रघुराम विष्ट, जनक शर्मा र बाबुराम सुवेदीलाई जिम्मेवारी तोक्न बाँकी छ । विष्ट सबैभन्दा सिनियर सहसचिव भएर पनि महिनौंदेखि जिम्मेवारविहीन बनाएर राखिएको छ । जुन कुनै हिसावले सान्दर्भिक देखिँदैन ।
प्रतिक्रिया