लुम्बिनीमा आठ राजनीतिक दलले कांग्रेसका चौधरीलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दै

लुम्बिनीमा आठ राजनीतिक दलले कांग्रेसका चौधरीलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दै


समयपथ
0
Shares

लुम्बिनी प्रदेशमा आठ राजनीतिक दलको तर्फबाट नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्री बनाउन प्रस्ताव गर्दै दावी पेश गरिंदैछ । दिउँसो ४ बजे सम्म बहुमतको सरकारको लागि दावी पेश गर्न प्रदेश प्रमुखको कार्यालयले आह्वान गरेको थियो ।

सोही बमोजिम नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र सहित ८ राजनीतिक दल सहित ५३ जना सांसदको हस्ताक्षर बुझाउने तयारी गरिएको कांग्रेसका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले जानकारी दिनु भयो ।

प्रदेशसभाको सबैभन्दा ठूलो दलको हैसियतमा संविधानको धारा १६८ को ३ अनुसार एमालेले आफ्नो नेतृत्वमा अल्पमतको सरकार बनाउने तयारी थालेको थियो । तर प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को २ अनुसार नै नयाँ सरकार गठनका लागि आह्वान गरेपछि बहुमतको सरकार गठन हुन थालेको हो ।

प्रदेशमा ८७ जना सांसद रहेका छन् । जसमा सबैभन्दा ठुलो दल एमाले हो । ठुलो दलको हैसियतमा आफ्नै नेतृत्वमा सरकार बनाउनु पर्ने माग गर्दै एमालले प्रदेश प्रमुख शेरचनलाई ज्ञापन पत्र बुझाएको थियो । उता ८ दलले नेपाली कांग्रेस संसदीय दलका नेता चौधरीलाई मुख्यमन्त्री बनाउन ५३ जना सांसदहरूको हस्ताक्षर चैत १२ मै बुझाइसकेका छन् ।

यसैबीच गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहरु अन्तिम कसरतमा जुटेका छन् । नेपालको संबिधानको धारा १६८ को उपधारा २ बमोजिम आज दिउसो ४ बजे भित्र सरकार गठका लागि दाबी पेस गर्न प्रदेश प्रमुखले दलहरुलाई आह्वान गरिसक्नुभएको छ ।

बैशाख ९ गते विश्वासको मत नपाएर नेकपा एमालेका खगराज अधिकारी नेतृत्वको सरकार ढलेपछि प्रदेश प्रमुखले फेरि नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको हो । नेकपा माओवादी केन्द्रले दिएको समर्थन फिर्ता लिएसंगै गण्डकी प्रदेश सरकार अल्पमतमा परेको थियो ।

सरकारको नेतृत्वका लागि गण्डकीमा काँग्रेस र माओवादी केन्द्र दुवै दलले दाबी गर्दै आएका छन् । दुई दलबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएपनि पहिला कसले गर्ने भन्ने विषयमा सहमति भैसकेको छैन ।

पहिलो चरणमा आफ्नो नेतृत्वमा सरकार बन्ने नेपाली काँग्रेस संसदिय दलका नेता सुरेन्द्रराज पाण्डेले दावी गर्नु भएको छ भने सुरुमा माओबादी केन्द्रकै नेतृत्वमा सरकार बन्ने गरी सहमति नजिक पुगिएको दाबी माओवादीको छ । ६० सदस्सीय प्रदेश सभामा काँग्रेस २७ सिटसहित सबै भन्दा ठुलो दलका रुपमा रहेको छ ।