तारकेश्वरमा बहुक्षेत्रीय पोषण कार्यक्रम कार्यान्वयनसम्बन्धी अभिमुखीकरण सम्पन्न

तारकेश्वरमा बहुक्षेत्रीय पोषण कार्यक्रम कार्यान्वयनसम्बन्धी अभिमुखीकरण सम्पन्न


समयपथ
0
Shares

काठमाडौं । तारकेश्वर नगरपालिकामा पालिकास्तरिय पोषण तथा खाद्य सुरक्षा निर्देशक समिति गठन तथा बहुक्षेत्रीय पोषण कार्यक्रम कार्यान्वयनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । वागमति प्रदेश नीति तथा योजना आयोगको संयोजन र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको सहजिकरण तथा तरकेश्वर नगरपालिकाको अयोजनामा कार्यक्रम भएको हो ।

तारकेश्वर नगरपालिका प्रमुख कृष्णहरि महर्जनको सभापतित्वमा भएको कार्यक्रममा बागमती प्रदेश नीति तथा योजना आयोगका सदस्य किरण गजुरेल, नगर उपप्रमुख सिर्जना बुर्लाकोटी अर्याल, तरकेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा. कृष्णबहादुर घिमिरे, वडाध्यक्ष र नगरपालिकाका शाखा प्रमुख र सरोकारवाला पक्षको उपस्थिति थियो ।

बागमती प्रदेश नीति तथा योजना आयोगका पोषण कार्यक्रम संयोजक पुरूषोत्तम अर्यालले कार्यक्रमको ओचित्यमाथि प्रकाश पार्दै कार्यपत्र प्रस्तुत गरेका थिए ।