पूर्वमन्त्री बस्नेतले गरे मेलम्ची अस्पतालमा अत्याधुनिक प्रविधिसहितको एम्बुलेन्स हस्तान्तरण

पूर्वमन्त्री बस्नेतले गरे मेलम्ची अस्पतालमा अत्याधुनिक प्रविधिसहितको एम्बुलेन्स हस्तान्तरण


समयपथ
0
Shares

काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मोहन बहादुर बस्नेतको नेतृत्वमा मेलम्ची नगर अस्पतालमा अत्याधुनिक प्रविधिसहितको क श्रेणीको एम्बुलेन्स हस्तान्तरण गरेका छन । बागमति प्रदेस सरकारले उपलब्ध गराएको एम्बुलेन्सको साचो सिन्धुपाल्चोक –२ का प्रतिनिधि सभा सदस्य एवं सूचना तथा सञ्चार पूर्वमन्त्री बस्नेतले मेलम्ची नगरपालिका प्रमुख आइतमान तमाङ र उप–प्रमुख उमा प्रधानलाई हस्तान्तरण गरेका हुन ।

एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामा र बागमती प्रदेशका खानेपानी,उर्जा तथा सिंचाइ मन्त्री तीर्थबहादुर लामा, बागमति प्रदेश नीति तथा योजना आयोगका सदस्य किरण गजुरेल प्रदेश सभा सदस्य कृष्ण कुमार तामाङ, हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन ह्याल्मो लामा,तारकेश्वर नगर प्रमुख कृष्णहरि महर्जन, बागमती प्रदेशका खानेपानी सचिव ई. मोहन शाक्यलगायतको उपस्थिति थियो ।

पूर्वमन्त्री बस्नेतको नेतृत्वमा उक्त टोलीले मेलम्चीको मुहान अवलोकनका साथै मेलम्ची बाढि पहिरो प्रभावित क्षेत्र सिपाघाट,बाउनेपाटी,मेलम्ची,तालामाराङ,गेल्थुम,चनौटे,हेलम्बुलगायतका क्षेत्रको अवलोकन गरेको थियो । बाढी पहिरोले क्षतविक्षत भएको स्थलको अवलोकन पछि नेता बस्नेतले स्रोत साधनले भ्याएसम्म बागमती प्रदेशको आगामी वजेटमा यि क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिदिन आग्रह गरे । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मोहन बहादुर बस्नेतको नेतृत्वमा मेलम्ची नगर अस्पतालमा अत्याधुनिक प्रविधिसहितको क श्रेणीको एम्बुलेन्स हस्तान्तरण गरेका छन । बागमति प्रदेस सरकारले उपलब्ध गराएको एम्बुलेन्सको साचो सिन्धुपाल्चोक –२ का प्रतिनिधि सभा सदस्य एवं सूचना तथा सञ्चार पूर्वमन्त्री बस्नेतले मेलम्ची नगरपालिका प्रमुख आइतमान तमाङ र उप–प्रमुख उमा प्रधानलाई हस्तान्तरण गरेका हुन ।

पूर्वमन्त्री बस्नेतको नेतृत्वमा उक्त टोलीले मेलम्चीको मुहान अवलोकनका साथै मेलम्ची बाढि पहिरो प्रभावित क्षेत्र सिपाघाट,बाउनेपाटी,मेलम्ची,तालामाराङ,गेल्थुम,चनौटे,हेलम्बुलगायतका क्षेत्रको अवलोकन गरेको थियो । बाढी पहिरोले क्षतविक्षत भएको स्थलको अवलोकन पछि नेता बस्नेतले स्रोत साधनले भ्याएसम्म बागमती प्रदेशको आगामी वजेटमा यि क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिदिन आग्रह गरे ।