यहाँ चैत-वैशाखका याम आऊन्
हिमाली छहारी बनाेस् प्रेम लाऊन्।
त्यहाँ मुस्कुराऊन् हराऊन् उदास
जहाँ चाँप झाडी खुसाऊन् गुराँस ।१।
डुलून् खाेँच डाँफेहरू याक चाैरी
नदी नागबेली नखेलून् सिँगाैरी !
बिसाैँनी किनारा सजाएर फाँट
रमाऊन् तराई तृषा सात खात !।२।
सजाऊँ नयाँ उब्जनी बीज धारा
जगाऊँ बँझेका धरा धाप सारा ।
नहाेऊन् प्रवासी युवा याैवना ती
बढाऊन् यतै राेजगारी बनून् ती !।३।
जहाँ काेइलीले रमाएर गाऊन्
जुरेली बिलाैना जुबानी नगाऊन् !
मुना मञ्जरीले सुवास्ना सजाऊन्
नयाँ वर्ष नाैला समाचार ल्याऊन् ! ।४।
हराऊन् सबै कष्टकारी प्रलाप
पलाऊन् खुसीका सुनाैला प्रयास ।
बिलाऊन् सबै रुष्ट ईर्ष्या उराठ
कसैले मिलाऊन् फुरुन् बुध्दि खास ! ।५ ।
———–000——–
मादी,सङ्खुवासभा
हाल:लाेकन्थली,भक्तपुर ।
प्रतिक्रिया