श्रीराम श्रेष्ठका सिजो

श्रीराम श्रेष्ठका सिजो


समयपथ
0
Shares

१,
गोर्खाली युद्धवीर आत्माबल बढेपछि
नेपाल चिनाउने यिनै मात्र पुजनीय
पूर्खाले आर्ज्यको देस गर्वलाग्छ अहिले ।
२,
पानीको थोपाथोपा महत्त्व छ सधैंभरी
अमृत तुल्य भयो मान्छेको बाँच्ने क्रम
पानी नै नभएदेखि कसरी चल्छ जीवन ।
३,
पानीको थोपाथोपा महत्त्व छ सधैंभरी
अमृत तुल्य भयो मान्छेको बाँच्ने क्रम
पानी नै नभएदेखि कसरी चल्छ जीवन ।
४,
देउता भन्नुमात्र भुकम्पले ढालिदियो
दैबिक शक्ति भए कता हिड्यो पत्तै छैन
कसरी पुजीने अब थाहा छैन मलाई ।
५,
त्रासमा होमिएर युद्ध जित्न खोजिरहेँ
बाँचेर आफैलाई भाग्यमानी सम्झिहालेँ
काँतर भएको मन आफैदेखि डरायो ।
६,
मलाई तड्पाउँछौ सधैंभरि कति पर्खौँ
समय बित्ने हो कि तिमीलाई पर्खिबस्दा
खुलेरै चुपचापले भनिदेउ आफैले ।