काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनले सांसदहरूले काम नगरे ढ्याङ्ग्रो ठोक्दै लखेट्ने चेतावनी दिएका छन् ।
अनुसन्धान, नवप्रवर्तन र आविष्कारका निमित्त सरकार गम्भीर नभएको भन्दै आन्दोलन सुरु गरेका उनले नेताहरूले नीति निर्माणको काम नगरे ढ्याङ्ग्रो ठोक्दै लखेट्ने चेतावनी दिएका हुन् ।
उनले सांसदहरूले खादा, माला र भाषण गर्न, उद्घाटन गर्न समय मिल्ने तर कानुन बनाउन समय नमिल्ने हो ? भन्ने प्रश्न गर्दै सांसदहरूले कानुन बनाएर देश विकासमा लाग्नुको विकल्प नरहेको बताए ।
उनले भने, ‘अनुसन्धान आविष्कार नवप्रवर्द्धन गर्ने विभाग खोई? हाम्रो माग पूरा नभएसम्म हामी धर्ना बस्छौँ। यो अनुरोध सबै पार्टीलाई हो। अरू पार्टी पनि आएर मेरो भाषण सुनून्। कि मलाई संसदमा गएर बोल्ने व्यवस्था गरिदिउन्। यो नेपालीको दर्द हो, संसदमा केहीले बोले रे आज पनि बोल्ने रे भन्ने मान्छे आएका छन्, बोलेर मात्रै केही हुँदैन, बोलेर हुने भए सबै भइसक्थे, बोलेर कदम चाल्ने नेताज्युहरु चाहियो। यो सांसदको जिम्मा हो। सांसदलाई भाषण गर्न, उद्घाटन गर्न, माला लगाउन समय मिल्ने, तर नभई नहुने ऐन,कानुन बनाउन समय नमिल्ने, हामीले त बनाउन पाइँदैन, सडकबाट त ऐन बन्दैन। सांसदलाई काम गरेनन् भने ढ्यांग्रो ठोक्दै लखेट्नुपर्छ।’
प्रतिक्रिया