सीमामा हुने सबै घटनालाई राष्ट्रियकरण गर्नु हुदैनः परराष्ट्रमन्त्री साउद

सीमामा हुने सबै घटनालाई राष्ट्रियकरण गर्नु हुदैनः परराष्ट्रमन्त्री साउद


समयपथ
0
Shares

कञ्चनपुर । परराष्ट्रमन्त्री तथा नेपाली कांग्रेसका केन्दीय सदस्य एनपी साउदले सीमा क्षेत्रमा हुने हरेक घटनालाई राष्ट्रियकरण गर्न नहुने बताउनुभएको छ । महेन्द्रनगरमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै परराष्ट्रमन्त्री साउदले सीमा क्षेत्रमा व्यवहारिकता नमिल्दा कहिलेकाहि दुबैतर्फ सामान्य घटना हुने सक्ने भएकाले त्यसलाई राष्ट्रियकरण गर्न नहुने बताउनुभएको हो ।

उहाँले यसरी हुने विवाद तथा घटनालाई स्थानीयस्तरमै मिलाउन सकिने बताउँदै त्यसलाई नेपाल वा भारत सरकारले निर्देशन गरेको भनेर विवादित तुल्याउन नहुने बताउनुभयो ।

नेपालमा रहेको सीमा विवाद समाधानका लागि नेपाल–भारत संयुक्त सर्भे टोलीले काम गरिरहेको र नटुङिगएका विषयलाई सरकारले वार्ता, छलफल र कुटनीतिक माध्यमबाट समाधान गर्ने उहाँको जिकिर छ ।

यस्तै, फरक प्रशङ्गमा बोल्दै परराष्ट्रमन्त्री साउदले प्रधानमन्त्रीको भारत भ्रमणका सम्बन्धित मन्त्रालयहरुबाट एजेण्डा तयार पार्ने र दुईपक्षीय वार्तामा राख्ने गरी तयारी भइरहेको बताउनुभयो ।

साथै, दोधारा चाँदनीमा निर्माणाधिन सुख्खा बन्दरगाहाको आइओएमसहित अन्य उर्जा परियोजना, पावर ट्रेड, ट्रेड र ट्रान्जिटलगायतका विषयमा हस्ताक्षर हुने तयारी भइरहेको उहाँको भनाई छ ।