काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता डोलप्रसाद अर्यालले उपसभापतिबाट राजीनामा दिएका छन् । शनिबार बसेको संसदीय दलको बैठकमा उनले संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठसमक्ष राजीनामा बुझाएका हुन्।
आज संसदीय दलको भर्चुअल बैठक बसेर अर्यालले राजीनामा बुझाए । राजीनामा बुझाएसँगै स्वीकृत गर्ने प्रक्रियामा छ। अहिले उपनेता श्रेष्ठले उक्त जिम्मेवारी सम्हालेका छन् । यस्तै, पार्टी सभापति रवि लामिछाने संसदीय दलको नेता बन्दै छन्।
प्रतिक्रिया