काठमाडौं । बगमति प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाले वागमती प्रदेशकाे वजेटमा प्रदेशकाे बजेट भनेर देखिने, सुनिने र बुझिने खालकाे याेजना समाबेश गरिने बताए । निरञ्जना मध्यमिक विद्यालय बेलकाेटगढीकाे ६३ औं वार्षिकोत्सब तथा अभिभावक दिवस कार्यक्रमलाई सम्बाेधन गर्दै मन्त्री लामाले गुरु याेजना बनाएर मात्र विकास याेजनाकाे थालनी गर्नुपर्ने बताएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि बगमति प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाले वागमती प्रदेस सरकारले टुक्रे याेजना भन्दा मझाैला र रणानीतिक याेजनालाई प्राथमिकतामा राखिने बताए । जनताकाे मन छुने याेजनाकाे ड्राफ्ट गर्दै छु लामाले भने सामुदायिक विद्यालयमा ४ जीपीए ल्याउने विद्यार्थीलाई पुररस्कारकाे व्यवस्था गर्ने साेचमा छु । प्रणाली सुधार गरेर दीर्घकालीन याेजना बनाएर अघि बढ्ने साेचमा छु मन्त्री लामाले भने नुवाकोटसँगै संमृद्व वागमती प्रदेस निर्माणमा नै मेराे सपना हाे ।
समाज सुधारका लागि विधालयकाे शैक्षिक गुणस्तर सुधार र व्यवस्थापनमा जाेड दिनुपर्ने बताए । उनले भने-मन छुने खालकाे बजेट ल्याउन तपाईहरूले दिएकाे अमूल्य सल्लहा सुझाव आत्मसाथ लिएर अघि बढ्छु ।
वार्सिकाेत्सब समाराेहमा बागमति प्रदेशका नीति तथा योजना आयोगका सदस्य किरण गजुरेल, बेलकाेटगढी नगरपालिकाका नगर प्रमुख जगत बहादुर गुरूङ, नगर उपप्रमुख शिव प्रसाद दाहाल,पूर्व गाविस अध्यक्ष वाशुदेव कडुवाल, वडाध्यक्ष प्रह्लाद प्रसाद थपलिया, पूर्व विद्यार्थी मञ्चका संयाेजक मधुसूदन पाण्डे, वडाध्यक्षहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधि,व्यवस्थापन समितिका पूर्व अध्यक्षहरू, पूर्व प्रधानाध्यापकहरू र विद्यार्थी प्रतिनिधिहरुले शुभकामना मन्तव्य राखेका थिए ।
वक्ताहरूले विधालयका संस्थापक हाेमरज पाण्डे र अग्रजहरूकाे भूमिकाको कदर गर्दै निरञ्जनामा स्नातक तहसम्मकाे कक्षा सञ्चालनका लागि भाैतिक पूर्वाधार र सम्वन्धन दिलउन पहल गरिदिन आग्रह गरेका थिए । वक्ताहरूले प्राविधिक धारकाे कक्षा सञ्चालनका लागि सुविधासम्पन्न भवन र हाेष्टल निर्माण गर्न माग गरेका थिए ।
विधालयकाे तर्फबाट पिपलचाैरकाे जग्गा सम्याएर २७ काठे भवन निर्माण गर्न आवस्यक वजेट विनियाेजकाे माग गर्दै स्टमेटसहित ज्ञापन पत्र समेत बुझाएकाे छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शुन्दर प्रसाद पन्तको अध्यक्षतामा भएकाे कार्यक्रममा विद्यालयका नरेन्द्र प्रसद पनेरूले आय व्यय प्रस्तुत गरेका थिए भने कार्यक्रम सञ्चालन भाइकाजी बस्नेतले गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि र विशिष्ठ अतिथिहरूले विधालय व्यवस्थापन समितिका पूर्व अध्यक्षलाई अभिनन्दन र जेहेन्दार विधार्थीहरूलाई पुरस्कार वितरण गरेका थिए । २०१७ सालमा नुवाकाेटकाे बेलकाेटगढीमा स्थापित निरञ्जना माध्यमिक विधालयले ६३ औं स्थापना दिवस मनाएकाे हाे ।
प्रतिक्रिया