राष्ट्रपति पाैडेलले उपचार खर्च आफैँ बेहोर्ने

राष्ट्रपति पाैडेलले उपचार खर्च आफैँ बेहोर्ने


समयपथ
0
Shares

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो उपचारमा भएको खर्च स्वयम्ले बेहोर्न चाहेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले जारी गरेकाे प्रेस विज्ञप्तिमा भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचार गर्दा लागेको खर्च राष्ट्रपति स्वयमले बेहोर्न चाहेको उल्लेख छ ।

“राष्ट्रपति पौडेलको स्वास्थ्यमा समस्या देखिएकोमा सुरुमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार भएको थियो । उपचारका क्रममा स्वास्थ्य सुधार हुन नसकेपछि चिकित्सकको सुझावअनुसार उहाँको भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचार भएको थियो । उपचारका क्रममा भएको उपचार खर्च राष्ट्रपति स्वयम्ले बेहोर्न चाहेको जानकारीका लागि अवगत गराइन्छ”, विज्ञप्तिमा भनिएको छ ।

राष्ट्रपति पौडेल यही वैशाख ६ गते उपचारका लागि भारत प्रस्थान गरेका थिए। उनी उपचारपछि वैशाख १७ मा स्वदेश फर्किएका हुन।